स्वतन्त्रलाई चिन्हः खसीको टाउकोदेखि गुलावसम्म

0
639

झापा, स्थानीय तह निर्वाचनका लागि १२,७८९ स्वतन्त्र उम्मेदवार छन् ।
कुनै पनि दलसँग आबद्ध नभएका वा दलको आधिकारिक उम्मेदवारबिरुद्ध बागी उम्मेदवारी दिएका उम्मेदवारहरूले शनिवार निर्वाचन चिन्ह पाएका छन् । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूलाई यसअघि नै तय गरिएका विभिन्न ४० प्रकारका चिन्हमध्येबाट प्रदान गरेको छ । आयोगले प्रकाशित गरेको नमूना मतपत्रमा एउटा जिल्लामा न्यूनतम् छ वटादेखि अधिकतम १० वटासम्म स्वतन्त्र उम्मेदवारले रोज्न मिल्ने चिन्हहरू राखिएका छन् । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूका लागि भ्यागुतो र खसीको टाउकोदेखि गुलाबको फूलसम्म निर्वाचन चिन्ह तय गरेको छ ।
स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिन्हहरूको सूची छ । त्यसको पहिलो नम्बरमा पुतली छ भने सबैभन्दा अन्तिम नम्बरमा पानी तान्ने कल राखिएको छ । आयोगले बिरालो, खरायो, जेब्रा, भालु, अर्ना, कङ्गारूदेखि बँदेलसम्मका जनावर स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिह्नमा राखेको छ । दलहरूले यसअघि नै रोजेका चिन्हमा पनि जनावरहरू छन् । स्वतन्त्र उम्मेदवारले छान्न पाउने निर्वाचन चिन्हमा काग, चील, हाँसजस्ता पन्छीदेखि आँप, भुइँकटहर र केराजस्ता फलफूल तथा गुलाबको फूल पनि छन् ।
निर्वाचन चिन्हमा आयोगले खसीको टाउको, भ्यागुतो, लाल्टिन, मुढा र घण्टाघर पनि समेटेको छ । तिलहरीजस्ता गरगहना, चोलो र फ्रकजस्ता लुगाफाटोसम्म निर्वाचन चिन्ह छन् ।
आयोगले ग्यास सिलिन्डर, प्रेसर कुकर, चुलेँसी र कपप्लेटजस्ता घरायसी प्रयोगमा आउने सामग्री पनि निर्वाचन चिन्हका रूपमा राखेको छ । चिन्हमा लौरो, खानेपानीको धारा, टायर, रिक्सा र सिरिञ्ज पनि छन् ।
यता झापाका एक सय २१ स्वतन्त्र उम्मेदवारले चुनावी चिन्हको रुपमा जेब्रा, खरायो, गुलावको फूल, भुइकटर, पुतली, मुडा, हाँस, व्याडमिन्टको कक, खानेपानीको धारा, लौरो, कैची र आप पाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here