‘गठबन्धनलाई एमाले एक्लैले हराएर देखाइदिने’

0
559

झापा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी दुईवटै निर्वाचनमा पाँच दलीय गठबन्धलाई एमाले एक्लैले हराएर देखाइदिने दावी गरेका छन् ।

गृहजिल्ला झापाको हल्दिबारीस्थित गोल्धाप बजारमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई पत्तासाफ गर्ने दाबी गरे ।

ओलीले गठबन्धन टुट्ने हो कि भन्ने डर आफूलाई रहेको भन्दै व्यंग्य गरे । उनले पाँचै जना (दल) लाई एकै पटक ‘क¥याककुरुक’ पारेर फाल्दिनु जति आनन्द केहीमा नहुने बताए ।

ओलीले आसन्न स्थानीय तहको निर्वाचनमार्फत झापा जिल्लालाई लाल किल्ला बनाउने समेत दाबी गरे । त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई गएको निर्वाचनमा आफैले जिताइदिएको दाबी गर्दै उनले जितेपछि बिकासका काम छोडेर नेपाली जनताले फालिसकेको राजसंस्थाको नारा बोकेर हिँडेको उनले आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here