स्थानीय पाठ्यक्रममा समाविष्ट विषय वस्तुबारे जानकारी

0
401

पथरी शनिश्चरे,
मोरङको पथरीशनिश्चरे नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम सम्बन्धीको २ दिने जानकारी ९प्रवोधिकरण० कार्यक्रम भएको छ ।
आज मंगलबार आधारभूत तहमा लागू गरिने स्थानीय पाठ्यक्रममा समावेश भएका विषय, शिक्षण सिकाई लगायतका विषयका बारेमा जानकारी गराईएको हो।
नगरका शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकी र पाठ्यक्रम लेखन समिति सदस्य ऋषिराज धिमालले नगरका सबै सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक र विषय शिक्षकहरुलाई पाठ्यक्रमका बारेमा जानकारी गराउनु भएको हो । अव निर्माणको क्रममा रहेको पाठ्यपुस्तक निर्माणका विषयमा पनि छलफल समेत अघि बढाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here