विराटनगर।

अपराध नियन्त्रणमा विशेष ध्यान दिएर काम गर्न प्रदेश–१ का प्रहरीलाई १ नम्वर प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले निर्देशन दिएका छन् ।
१ नम्वर प्रदेशका जिल्ला प्रहरी कार्यालय प्रमुख लगायत मुद्धा चल्ने प्रहरी कार्यालयहरुका प्रमुखहरुलाई भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिदैं उनले बिभिन्न किसिमका अपराधिक गतिबिधिलाई निरुत्साहित गर्न अहोरात्र प्रहरी परिचालन गर्ने र हिरासत ब्यवस्थापनमा बिशेष ध्यान दिई त्रुटी रहित तवरबाट कार्य सम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।

भिडियो कन्फ्रेन्समा अपराध अनुसन्धान शाखाका शाखा प्रमुख तथा हिरासत ब्यवस्थापन अधिकृतहरुलाई समेत सहभागि भएका थिए । जिल्ला प्रमुखहरुले आ–आफ्नो जिल्लाको अवस्थाको विषयमा जानकारी गराएका थिए ।






























