बिर्तामोडमा माटो जोगाऔं अभियानको टोलीलाई स्वागत

0
591

बिर्तामोड ।

दिन प्रतिदिन माटोमा ह्रास आएको भन्दै त्यसलाई जोगाउन सबै एक जुट हुनुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले माटो जोगाउने अभियानमा सबै एक हुनुपर्ने बताए । उनले माटो जीवन भएकाले माटो नै नभए मानव अस्तित्व नै नरहने धारणा ब्यक्त गरे ।

विग्रिएको माटोलाई जोगाऔं भन्ने अभियानका साथ काठमाडौबाट १७ दिन लगाएर दौड्दै बिहीबार झापाको बिर्तामोड आइ पुगेका नवीन पुन मगरको टोलीलाई स्वागत गर्दै कार्कीले मानव जीवन नै संकटमा पर्ने भएकाले माटो जोगाऔं अभियानका अभियन्ताहरुले शुरु गरेको अभियानलाई सबैको साथ रहने धारणा ब्यक्त गरे ।

पुनको टोलीलाई बिर्तामोड स्थित अतिथी सदनमा लायन्स क्लब अफ बिर्तामोडका विभिन्न विभागहरुले स्वागत गर्दै सम्मान गरेका छन् । लायन्स क्लब अफ बिर्तामोडसहित विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागितामा टोलीलाई स्वाग तथा सम्मान गरिएको हो । अहिले हरेक सेकेण्डमा एक एकड माटो मरुभूमि बनिरहेको भन्दै त्यसलाई जोगाउन यो अभियान देश ब्यापि बनाउन पहल थालिएको बताइएको छ ।

माटो नजोगाउने हो भने अबको ६० वर्षसम्म बाली उत्पादन नहुने र खानैकै लागि युद्ध हुने सम्भावना रहेकाले त्यसलाई रोक्न सबै लाग्नुपर्ने विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहेका लीला चिमरियाले बताए । उनले भने– ‘माटो जोगाऔं अभियानलाई सम्पूर्ण झापाको साथ रहने छ । हामीले यो अभियान सफल बनाउन आजैबाट लाग्नुपर्छ ।’

झापामा धेरै हौसला र माया पाएको भन्दै पुनले यो अभियानलाई सार्थक बनाउन सबै एक जुट हुनुपर्ने विचार ब्यक्त गरे । उनले दौडको माध्यमकाट समाजमा जागरण ल्याउने उद्धेश्यले काठमाण्डौबाट अभियान शुरु भएको जानकारी दिए ।

दिनानुदिन जनसंख्या बढ्दै गएपनि माटोको उर्वरा शक्ति श्रास हुँदा समस्या पैदा हुदै गएको टोलीमा सहभागि सनम लिम्वूले बताए । माटो जोगाउनका लागि दौड भन्ने नाराका साथ सात वटै प्रदेश गरी ३ हजार ५ सय किलो मिटर दौड पूरा गर्ने क्रममा पुनको टोली बिर्तामोड आइपुगेको हो । टोलीले अभियान अन्र्तगत प्रधानमन्त्री र राष्ट्रपतिलाई माटो जोगाउने अभियानमा खबरदारी गर्न समेत सबैलाई आग्रह गरेको छ ।

साथै अभियानले देशभरबाट सात लाख विद्यार्थीको माटो जोगाऔं अभियानसंग सम्बन्धित लेख रचना प्रधानमन्त्रीलाई बुझाउने योजना समेत बनाएको बताइएको छ । भारतीय सत् गुरुले यो अभियान शुरु गरेको र माटो जोगाऔं अभियान विश्वव्यापी रुपमा सञ्चालन भइरहेकाले नेपालमा पनि अभियान शुरु गरिएको बताइएको छ । अभियानको टोलीलाई ढाकाको टोपी लगाएर सम्मान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन लाइन्स क्लबका सत्यनारायण शर्माले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here