केश श्रृंगार तालिम समापन

0
294

बिर्तामोड, व्यवसायिक तथा सिप विकास तालिम केन्द्र र बिर्तामोड नगरपालिकाको साझेदारीमा सञ्चालित केश श्रृंगार तालिम समापन भएको छ ।
झापाका किशोरीलाई लक्षित गर्दै तीन महिनाअघिबाट शुरु भएको सो तालिम समापन भएको हो । तालिममा १५ जना किशोरी सहभागी थिए । बिर्तामोडसहित मेचीनगर, दमक लगायतका किशोरीले व्यवसायिक सिप आर्जन गर्दै दक्ष भएको र श्रम बजारमा बिक्न सक्ने बनाइएको व्यवसायिक तथा सिप विकास केन्द्रकी प्रमुख कृष्णा श्रेष्ठले बताइन् । तालिमको सहजीकरण कमला कार्कीले गरेकी थिइन् ।
बिर्तामोड नगरपालिकाका अधिकृत मेघराज बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रशिक्षार्थी मेनुका भुर्तेलले तीन महिनासम्म आफूहरुले सिकेको सिपलाई व्यवहारमा उतार्दै स्वरोजगार गर्न व्यवसाय गर्ने बताएक थिइन् ।
कार्यक्रममा प्रशिक्षक कार्कीले सिप विकास महासागर भएकाले सिप सिकेका जो–कोही विश्वका कुनै पनि कुनामा भोकै बस्नुनपर्ने बताएकी छिन् । उनले सिप भए जहाँ गए पनि स्वरोजगार बन्न सकिने बताउँदै अन्य महिलाहरुलाई समेत त्यस्ताखाले तालिममा सहभागी भएर आत्मनिर्भरता बन्न सकिने भन्दै अन्य किशोरीलाई समेत यस्ताखाले तालिममा सहभागी हुन आग्रह गरिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्य सुरेन्द्र भण्डारी, सिप विकास तालिम केन्द्रका गौतम पौडेल, वीरता जेसीजका महासचिव टिकाराम खतिवडा लगायतले समेत धारणा राखेका थिए । तालिममा सहभागी सबैलाई प्रमाणपत्र उपलब्ध गराइएको छ ।
व्यवसायिक तथा सिप विकास केन्द्रले पूर्वका पाँच जिल्लामा २१ वटा तालिम सञ्चालन गर्दै चार सय ८० जनाभन्दा बढीलाई दक्ष बनाएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here