अर्जुनधाराका विद्यालयमा विद्यार्थीलाई लागू औषध सचेतना शिक्षा

0
494

झापा, झापाको अर्जुनधारामा लागू औषध नियन्त्रणका लागि विद्यालयस्तरीय सचेतना अभियान शुरु गरिएको छ ।
अभियान अन्तरगत शुक्रवार अर्जुनधारा ५ का दुई वटा विद्यालयमा सचेतान मूलक कार्यक्रम सम्पन्न भएको अभियानका संयोजक कौशल भण्डारीले बताए ।

विद्यार्थीलाई लागू औषध दुव्र्यसन सम्वन्धि सचेतना प्रदान गर्न देवभूमि विद्यालय र होलिवेसिल अंग्रेजी विद्यालयमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगम वहादुर कुँवरले सहजीकरण गरेका थिए । कार्यक्रममा अर्जुधारा प्रेस क्लवका अध्यक्ष कुमार भट्टराई, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक होम दाहाल, सशस्त्र प्रहरी वल शनिश्चरेका प्रहरी सहायक निरीक्षक किरण केसी, रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष ओम कृष्ण विमली जनप्रतिनिधि अर्जुन कडेल लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here