बाह्रदशीलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा

0
268

झापा, बाह्रदशी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको छ ।
बाल स्वास्थ्य कार्यक्रम अन्तरगत गाउँपालिका भित्र रहेका लक्षित बालबालिकालाई सबै खोप पूरा गर्दै गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको हो । बाह्रदशी गाउँपालिकामा एक वर्ष मुनिका ६ सय ९४ जना लक्षित समूहका बालबालिका रहेको र उनीहरुसबैलाई खोप प्रदान गरिएसंगै गाउँपालिकालाई पूर्ण सुनिश्चितता भएको घोषणा गरिएको स्वास्थ शाखा प्रमुख राम कुमार साहाले बताउनुभयो ।
बाह्रदशी गाउँपालिका ६ स्थित डाँडीबारी स्वास्थ्य चौकीमा आज(शनिवार) आयोजित कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईले पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गर्नुभयो । घोषणा समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष चम्लगाईले बाह्रदशी गाउँपालिकाबासीको स्वास्थ्य प्रति आफू सचेत रहेको र आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रको विकासमा अधिक वजेको ब्यवस्थापन गरेको बताउनुभयो । अध्यक्ष चम्लगाईले अब यहाँका बालबालिका मात्रै होइन गर्भवती महिलादेखि ज्येष्ठ नागरिक, अशक्त सहित लक्षित वर्गलाई घर ÷ घरमै स्वास्थ्य सेवा दिने खालका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।


कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र प्रसाद गुरागाई, साविक डाँगीवारी गाविसका अध्यक्ष तथा नेकपा एमालेका नेता लक्ष्मण पाठक, नेपाल रेडक्रस सोसाइटी प्रदेश १ का कोषध्यक्ष ओम प्रकाश गौतम, प्रमुख प्रशासकीय अधिकृत गुरागाई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सो अवसरमा गाउँपालिकाले गर्भवती महिलाहरुका लागि निःशुल्क भिडियो एकस– रे को सेवा समेत शुरु गरेको छ । डाँगीवारी स्वास्थ्य चौकीमा भिडियो एक्स– रे को सेवा नरहेको र सो सेवा समेत शुरु गरिएको थियो । यस अघि घोडामारा स्वास्थ्य चौकीमा मात्रै भिडियो एक्स रे को सेवा शुरु गरिएको थियो । यो संगै बाह्रदशी गाउँपालिकामा दुई वटा स्वास्थ्य संस्थाबाट गर्भवती महिलाले निःशुल्क भिडियो एक्स रेको सेवा पाउने भएका छन् ।
त्यस्तै केही दिन भित्रै इलाका स्वास्थ्य चौकी राजगढमा समेत निःशुल्क भिडियो एक्स – रे को सेवा सुचारु गर्ने कार्यक्रममा जानकारी दिइयो ।नेपाल सरकारको पछिल्लो तथ्याङ्क अनुसार हरेक पालिकामा २१ प्रतिशत वालवालि खोपको पहुँच बाहिर रहने र उनीहरु सबैलाई खोपको पहुँचमा ल्याउन विभिन्न खाले कार्यक्रम सञ्चालन भइरहेका छन् । बाह्रदशी गाउँपालिकाले समेत गत वैशाख र जेठमा खोप कार्यक्रममा सहभागी बनाउन विशेष कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख साहाले बताउनुभयो ।
गाउँपालिका भित्र रहेको ३१ जना महिला स्वास्थ्य स्वयम सेविकाहरु मध्ये उत्कृष्ठ कार्य सम्पादन गरेको भन्दै १० हजार नगद सहित लीला देवी भट्टराईलाई सम्मान गरेको छ ।बाह्रदशी गाउँपालिका ७ निवासी उनलाई विभिन्न सूचकको मापन गर्दै सम्मान गरिएको बताइन्छ । त्यस्तै पूर्ण खोप सुनिश्चितता गाउँपालिकामा सहयोग पु¥याएको भन्दै खोप समन्वय समिति अध्यक्ष र सदस्य सचिवलाई समेत सम्मान गरिएको थियो ।


यता जग्गा दाता हरिमाया श्रेष्ठ, चन्द्रमाया गिरी, पुण्य तिवारी, ज्ञानु तिवारी, सूर्य कुमार रुचाल श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । सो अवसरमा नव निर्बाचित जनप्रतिनिधिलाई सम्मान समेत गरिएको थियो ।
वाह्रदशी गाउँपालिका ६ का वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष रत्नप्रकाश योङ्हाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा डाँगीवारी स्वास्थ्य चौकीका प्रमुख हेमन्त लामिछानेले स्वागत गरेका थिए । वाह्रदशी गाउँपालिका स्वास्थ्य शाखा प्रमसख राम कुमार साहाले औचित्य माथि प्रकास पारेको कार्यक्रमको सञ्चालन इलाका स्वास्थ्य चौकी राजगढका प्रमुख रबीन कुमार पोखरेलले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here