छविराज ढकाल/ पथरीशनिश्चरे,

नेपाल स्काउट पथरीशनिश्चरेको आयोजनामा नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयको प्रध्यानाध्यापक तथा शिक्षकहरूलाई स्काउट अभिमुखीकरण कार्यक्रम भएको छ।
एकदिने स्काउट अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख तथा स्काउट संरक्षक मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यता रहेको थियो। नगरप्रमुख तुम्वापोले पथरीशनिश्चरे नगर क्षेत्रका बालबालिका तथा युवा वर्गलाई स्काउटमा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गर्दै तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउनु पर्ने बताउनु भयो।
उहाँले नगरका सबै विद्यालयहरूले पनि स्काउट सम्वन्धि कृयाकलापहरु संचालन गर्न आग्रह गर्नुभयो। शिक्षा शाखा प्रमुख तथा सदस्य सचिव शालिग्राम काफ्ले र नवीन खुलालको उपस्थितिमा सम्पन्न भयो । कार्यक्रमको सहजिकरण प्रदेश स्काउट कार्यलयका सहायक कुशेश्वर रायले गर्नुभएको थियो।






























