पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरेमा सञ्चालित अपाङ्गता पूनर्स्थापना कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएकोछ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन र नगरपालिकाबाट संयुक्त रुपमा परियोजना सञ्चालन हुँदै आएको हो।
आइतबार नगर उपप्रमुख देवीमाया काफ्लेले कार्यक्रमको उद्घाटन गर्दै अपाङ्गता भएकाहरुको समस्या समाधानमा नगरले पहल गरिरहने बताउनु भयो । नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल सहितको उपस्थिति रहेको थियो।

सहजकर्ताहरु मनिता थापा, सम्झना बर्देवा र वर्षा मण्डल गौतममार्फत चालु आर्थिक वर्षमा वडा वडामा भएका गतिविधिका बारेमा जानकारी गराइयो । नगरमा नयाँ अपाङ्गता परिचयपत्र र नवीकरण समेत गर्नेको संख्या ६ सय २४ रहेको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले जनाउनुभएको छ ।






























