षडानन्दले एम्बुलेन्स सञ्चालनमा ल्याउने

0
257

भोजपुर ।

भोजपुरको षडानन्द नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ ।

स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यले एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा एम्बुलेन्स सञ्चालन आउने भएको छ ।

नगर प्रमुख सुरेन्द्रकुमार उदासले आफ्नो नगरमा आउने एम्बुलेन्सको चाबी बुझ्नुभएको हो । नेपाल सरकारलाई भारत सरकारले प्रदान गरेका ७५ एम्बुलेन्समध्ये एउटा षडानन्दले ल्याउन सफल भएको हो ।

नगर प्रमुख उदासले भन्नुभयो, “मैले निर्वाचनको बेलामा पनि एम्बुलेन्स सञ्चालनमा ल्याउनु थिए । खासमा हामीले आफ्नै लगानीमा किन्ने सोचेको भएपनि अहिले हामीले माथि पहल गरेर एम्बुलेन्स ल्याउन सफल भएका छौँँ । यसको कारण अब एम्बुलेन्समा खर्च हुने बजेट विकासमा निर्माणमा लगाउछौँ ।”

कार्यविधि बनाएर सुत्केरी, अशक्त, ज्येष्ठ नागरिक तथा आर्थिक अवस्था कमजोर भएकालाई सहज हुने गरी एम्बुलेन्स सेवा दिने प्रमुख उदासको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here