मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु तीन जना घाईते

0
444

सुनसरी।

सुनसरीको भोक्राहा नरसिंह–५ मा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

पूर्वबाट पश्चिम तर्फ जादै गरेको को २८ प ४०९३ नम्वरको मोटरसाईकल र दक्षिणबाट उतर तर्फ हाइवे क्रस गर्दै गरेको को १९ प ९९६५ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई वटा मोटरसाईकलमा सवार चार जना घाईते भएका थिए ।

घाईते चारै जनालाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगिएकोमा को १९ प ९९६५ नम्बरको मोटरसाईकल चालक भोक्राहा नरसिँह–५ बस्ने ४५ बर्षीय रजाक मियाको उपचारको क्रममा मृत्यु भएको र अन्य तीन जनाको सोहि अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here