सूर्योदय साप्ताहिकको विमोचन

0
559

झापा,

बुद्धशान्ति गाँउपालिकाबाट प्रत्येक सोमबार प्रकाशन हुनेगरी सूर्योदय साप्ताहिक पत्रिकाको आज विमोचन भएको छ ।

पत्रिकाका प्रकाशक ज्ञानु भट्टराईको सभापतित्व, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरिको प्रमुख आतिथ्यता, प्रेस क्लब बुद्धशान्तिका अध्यक्ष आयुष निरौलाको विशिष्ट आतिथ्यता र प्रेस क्लब बुद्धशान्तिकी कोषाध्यक्ष भारती राई, पालिका सन्देश अनलाइनका सम्पादक तीर्थ तिम्सिना, यात्रा न्यूजका सञ्चालक विजय उप्रेती, सञ्चारकर्मी चन्द्रकान्त वाग्ले लगायतको आतिथ्यतामा भएको कार्यक्रममा पत्रिकाका व्यवस्थापन दिपेश भट्टराईले शाब्दिक स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले निष्पक्ष पत्रकारिता आजको आवश्यकता रहेको भन्दै पत्रिकालाई दिगो र निरन्तरताको शुभकामना दिएका छन् ।

पत्रकार महासंघ झापाको तर्फबाट यस पत्रिकाका लागि चाहिने आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले शुभकामना दिएका थिए ।

बुद्धशान्तिको होटल दीघार्यूमा गरिएको कार्यक्रमको सञ्चालन प्रेस क्लब बुद्धशान्तिका सचिव रोसन भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here