बजाज कम्पनीको पल्सर १२५ एनएसको बिक्री शुरु

0
291

झापा, झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा बजाज कम्पनीको पल्सर १२५ एनएस मोटरसाइकल बिक्री वितरण शुरु भएको छ ।
झापाको लागि आधिकारिक बिक्रेता आर.ए. टे«डर्स अटो प्रालिले बिहीवार (आज) बाट मोटरसाइकल बिक्री वितरण शुरु गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पाखरेलले बजाज कम्पनीको पल्सर १२५ एनएस मोटरसाइकल सार्वजनिक गरेका हुन् ।
युवा पुस्ताले रुचाएको, १२ लिटर इन्धन ट्याङ्की, डिसब्रेक नतातिने र प्रति लिटर ५५ देखि ६० किलोमिटर माइलेजलगायतका बिशेषता मोटरसाइकलमा रहेको कम्पनीले जनाएको छ । पल्सर १२५ एनएस मोटरसाइकलको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।
कार्यक्रममा नगर प्रमुख पोखरेलले कनकाई नगरमा ब्यवसाय तथा उद्योग सञ्चालनमा आउनु नगरका लागि खुसीको कुरा भएको बताए । त्यस्तै आर.ए. टे«डर्सका अध्यक्ष राजेन्द्र थापाले युवा पुस्तालाई रोजगारी दिने र बिदेशिने युवाहरुलाई रोजगारी दिने उदेश्यले २०४४ सालदेखि आफुले ब्यवसाय तथा उद्योग तथा कलकारखाना सञ्चालन गर्दै आएको बताउँदै हाल छोरा अनुशील थापालाई कम्पनीको मेनेजिङ डाइरेक्टर बनाएको बताएका छन् ।
कार्यक्रममा उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का सदस्य कुमारमणि पोखरेल, बजाज कम्पनीका सर्भिस मेनेजर महेश्वर मण्डल, आर.ए. टे«डर्सका मेनेजर रबिन भट्टराई, आर.ए. टे«डर्सका ओभरल मेनेजर सोकेन्द्र गौतमलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन आर.ए. टे«डर्सका सेल्स इन्चार्ज लावण्य ढकालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here