बिर्तामोडमा कार्जस्पा स्टुडियो सञ्चालनमा

३० भाद्र २०७९, बिहीबार मा प्रकाशित

झापा, झापाको बिर्तामोडमा कार तथा मोटरसाइकलको डिटेलिङ गर्ने अन्तर्राष्ट्रिय स्तरको कार्जस्पा स्टुडियो सञ्चालनमा आएको छ ।
कार्जस्पा स्टुडियोको उद्घाटन नेपाली फिल्मकी अभिनेत्री बर्षा राउतले बिहीबार (आज) गरेकी हुन् । अजित खनाल, अर्जुन चापागाई र दीपक सुवेदीले कार्जस्पा स्टुडियो सञ्चालनमा ल्याएका हुन् ।
कार्जस्पा स्टुडियोमा नयाँ तथा पुराना दुवै किसिमका सवारी साधान आउने र नयाँ सवारी साधनहरु संरक्षण सेवा र पुराना सवारी साधनहरु नयाँ अवस्थामा ल्याउने डिटेलिङ सेवा दिने सञ्चालक खनालले बताए ।
अटो डिटेलिङले गाडीको पुर्नस्थापना तथा संरक्षण कार्य गर्ने गर्दछ । कार तथा मोटर डिटेलिङ अनुभवी तथा दक्ष जनशक्तिले गर्ने जनाइएको छ ।
कार डिटेलिङ २७ हजारदेखि एकला ५ हजार रुपैयाँ लाग्ने र मोटरसाइकल तथा स्कुटी १२ देखि १६ हजार रुपैयाँ लाग्ने सञ्चालकले बताएका छन् । कस्तो खालको डिटेलिङ गर्ने हो त्यसै अनुसार रकम लिइने बताइएको छ ।
भारतमा सन् २००७ देखि शुरु भएको अन्तर्राष्ट्रिय स्तरको डिटेलिङ नेपालमा सन् २०१९ देखि शुरु भएको हो । नेपालको काठमाडौंमाबाट ३ बर्षअघि शुरु भएको डिटेलिङ सेवा पहिलो शाखाका रुपमा इटहरीमा सञ्चालन भइरहेको र तेस्रो शाखाका रुपमा बिर्तामोडमा सञ्चालनमा आएको सञ्चालक दीपक चापागाईले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा कार्जस्पा भारतका निर्देशकहरु अंकुर शर्मा, दीपम शर्मा, नेपालको प्रधान कार्यालयबाट तरुण अहुजा, स्वतीका राणा, इटहरी शाखाका बहत्तर लिम्बु, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, कोषाध्यक्ष दिपेन्द्र राउत, जनप्रतिनिधि उमेश राउत, नेपाल चेम्वर्स अफ कमर्स झापा अध्यक्ष तथा केन्द्रिय सदस्य ओम बिमली, कमर्सका प्रदेश उपाध्यक्ष सन्तोष अग्रवाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रनित पुडासैनीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here