सेवाग्राहीको कामलाई प्राथमिकता दिने हरि लामिछाने

0
322

बिर्तामोड ।

आफ्नो काम प्रति सधैं सक्रिय र सेवाग्राहीको काम प्रति चिन्तित हुदैं आफुले सक्ने काम गर्ने क्षमता राखेर सबैको प्यारो बनेको यातायात कार्यालय बिर्तामोडका प्रमुख हरि लामिछानेको सरुवा भएको छ ।

यातायात ब्यवस्था कार्यालय अन्र्तगत झापाको नेतृत्व गरिरहेका लामिछानेको सरुवा भएसंगै धेरैले उनको कामको तारिफ गरेका छन् ।

झापामा रहँदा उनले यातायात कार्यालय भित्र हुने ढिला सुस्ती हटाउन सफल भएका छन् । साथै सवारी र्दुघटना न्यूनिकरणका लागि उनले मापसे गरेका सवारी चालकलाई अनिर्वाय रुपमा कक्षा सञ्चालन गर्न पहल गरे साथै उनले यातायात कार्यालयमा समस्या लिएर पुग्ने सेवाग्राहीलाई पहिलो प्राथमिकता दिदैं काम गरेका थिए ।

कर्मचारीको निगरानी गर्दै कामलाई चुस्त र दुरुत बनाउन उनले सीसी क्यामेरा जडान गरेर निगरानी गर्नुका साथै ट्रायल सेन्टरमा हुने अनाधिकृत कामलाई समेत नियन्त्रण गरेका थिए ।

प्रमुख लामिछानेले यातायात कार्यालयबाटै लाइसेन्स प्रिन्ट गरेर दिने ब्यवस्था मिलाउनका लागि संघिय र प्रदेश सरकारसंग बजेटको माग गर्दै आफ्नो योजना समेत प्रस्तुत गरेका थिए । उनले सवारी चालक अनुमित पत्र लिन आउने सेवाग्राहीको स्वास्थ्य परिक्षणलाई चुस्त र दुरुस्त बनाउन पहल गरेका थिए । झापामा रहदाँ सबैको साथ र सहयोग प्राप्त भएको भन्दै धन्यवाद दिए ।

आमा अम्बिकादेवी र बुबा टीकाप्रसाद लामिछानेको कान्छो छोराका रुपमा २०३८ सालमा जन्मिएका हरि लामिछानेले २०५४ सालमा अमरसिंह माध्यमिक विद्यालय हसन्दह मोरङबाट एसएसलसी उत्तिण गरे । स्नातकोत्तर तहसम्म अध्ययन गरेका लामिछाने बालबालिका, युवा र वृद्ध–वृद्धा प्रति उत्तिकै लोकप्रिय रहेका छन् ।

२०६० सालमा खरिदारको पदबाट सेवा शुरु गरेका लामिछाने हाल अधिकृत स्तरको आठौं तहमा रहेका छन् । सुनसरीको इटहरीमा स्थायी बसोबास रहेका लामिछानेले यातायात क्षेत्रमा उल्लेख्य काम गरेका छन् । उनले यातायात क्षेत्रमा देखिएका विकृति हटाउन पहल गरेका छन् । उनले यातायात कार्यालय क्षेत्रमा पार्किङ शुल्क लिन नपाउने ब्यवस्थासहित ब्यवस्थित पार्किङका लागि पहल गरिरहेका थिए ।

झापाबाट सरुवा भएसंगै उनले झापाबाट पाएको माया र सद्भावलाई अन्य कार्यालयमा रहँदा पनि कार्यान्व्यन गर्ने प्रतिबद्धता जनाए । उनले आफ्नो तर्फबाट सुधारका काम गरेपनि केही कमजोरी भएमा क्षमायाचना समेत गरेका छन् । लामिछानेको मुख्यमन्त्रीको कार्यालय विराटनगर सरुवा भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here