झापा क्षेत्र नं–४ का प्रदेश सांसदका उम्मेद्वार एकराज उप्रेती भन्छन्ः मतदाताले मलाई जिताउँछन्

0
262

झापा क्षेत्र नं–४ प्रदेश ‘ख’ का नेपाली कांग्रेस तर्फका उम्मेद्वार एकराज उप्रेती चुनाव प्रचारप्रसारको घरदैलो अभियानमा व्यस्त छन् ।

गाउँघरमा यतिबेला घनिभूत रूपमा समर्थक, शुभेच्छुक र कार्यकर्ता तथा मतदाताका घरघरमा उप्रेती पुगिरहेका छन् । लोकप्रिय र सहयोगी व्यक्तित्वका छबि बनाएका उप्रेती जनता र मतदातालाई अनावश्यक आश्वासन बाँड्न चाहँदैनन् । आफूले बोलेको कुरा गरेर देखाउने बताउँदै हरेक जनताको सुख दुःखमा आफूले साथ दिन र अनुकूल वा प्रतिकूल जस्तो अवस्थामा पनि सँधैभरि जनतासँगै घुलमिल भएर राजनीतिको यात्रालाई अघि बढाउने उनको सोच छ ।

कांग्रेसी वृत्तमा बौद्धिक, शालीन र मृदुभाषी छबि बनाएका उप्रेती नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन् । क्याम्पस स्तरको विद्यार्थी राजनीतिदेखि नै सक्रिय राजनीतिमा रहेका उप्रेती राजनीतिक यात्रामा नेपाली कांग्रेसको हरेक गतिविधिमा सक्रिय हुँदै आएका छन् । गत २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट कनकाई नगरपालिकाको मेयरको प्रत्यासी बनेका उप्रेती २ हजार २ सय १९ मतान्तरले उपविजेता बनेका हुन् । यस पटक पनि मेयरको टिकट पाउँदापाउँदै पनि उप्रेतीले झापा क्षेत्र नं–४ प्रदेशसभा ‘ख’ मा उम्मेद्वारी दिएका छन् । पराजयको घाउ मेट्न पनि आगामी मंसिर ४ गते हुने चुनावमा उप्रेती विजयी बन्नुपर्ने धेरै कांग्रेसी कार्यकर्ताको आवाज छ र विश्वास पनि छ ।

पिताको पथ पछ्याउँदै एकराज

गरिब–दुःखी, धनी–सम्पन्न सबैलाई समान ढंगले हेर्ने उप्रेतीले सहयोग, माया, उदारता, सहृदयता यी सबै मानवीय गुण आफ्नै पिताबाट पाएका हुन् । झापाका लगभग मध्यभाग भएर बग्ने पवित्र कनकाई नदीको पूर्वी किनारमा अवस्थित बन्द निषेधित शान्तिक्षेत्रको विशिष्ट छबि बनाएको कनकाई नगरपालिका वार्ड नं.–६ चम्पापुरमा स्थायी रूपमा बसोबास गर्ने एकराज पिताजीकै प्रेरणाबाट राजनीतिमा आएको बताउँछन् । उनका पिता चिरञ्जीवी उप्रेती कनकाई नगर मात्र होइन, आसपासका नगरपालिका, गाउँपालिका क्षेत्रमा पनि अत्यन्तै इमान्दार, मृदुभाषी, धनी–गरिब कसैलाई पनि होचोअर्घेलो नगर्ने, उदारहृदयी, सरल र सबैका प्रिय व्यक्तित्वका रूपमा स्थापित छन् । पञ्चायतकालमा उदार नेताको उज्ज्वल छबि बनाएका र तत्कालीन घैलाडुब्बा गाउँ पञ्चायतको नेतृत्व समेत गरेका हाल ९ दशक उमेरका चिरञ्जीवी आज पनि समाजसेवामा समर्पित छन् । असल पिताको पथ पछ्याउँदै एकराज पनि समाजसेवा र राजनीतिमा क्रियाशील छन् । उप्रेती परिवार पहिलादेखि नै सामाजिक र पुण्यको काममा संलग्न रहँदै आएको छ ।

सहकार्य, सहमति र एकताको पक्षमा एकराज

आफू सदैव प्राध्यापक, शिक्षक लगायतका बुद्धिजीवी सबैसँग सहकार्यका साथ अघि बढ्ने बताउने उप्रेती हरेक सामाजिक काममा सबै पक्षको सन्तुलन मिलाई अघि सर्ने रूचि रहेको बताउँछन् । उप्रेती जनअपेक्षा अनुरूप काम गर्नका लागि आफू र आफ्नो दल प्रतिबद्ध रहेको बताउँछन् । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल मर्म अनुरूप नेपाली कांग्रेसले मुलुकको नेतृत्व गर्ने उनको भनाइ छ । नेपाली कांग्रेसले झापा निर्वाचन क्षेत्र नम्बर ४ (ख) का लागि प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेकोमा प्रदेश क्षेत्रीय समितिको बैठकले प्रत्यक्षतर्फ खड्गबहादुर कार्की, एकराज उप्रेती र जीवन गिरीको नाम सिफारिस गरेको थियो । आधा दर्जन आकांक्षीको माझबाट नेपाली कांग्रेसले सबैभन्दा बढी लोकप्रिय र निर्वाचनमा विजय हासिल गर्ने सम्भावना बोकेको व्यक्तिलाई टिकट दिएको र कुनै फरक मत नराखी एकमना एकताका साथ यस क्षेत्रका सबै कांग्रेस समर्थक र कार्यकर्ताको एकराजको पक्षमा समान राय रहेको नेपाली कांग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाईको भनाइ छ ।

एकराजको सम्बन्धमा कांग्रेस एकढिक्का

एउटा सत्य कुरा के हो भने नेपाली कांग्रेस गुटहरूको पुञ्ज हो । तर एकराजको पक्षमा कुनै पनि कार्यकर्ताको विमति र फरक मत सुनिएको छैन । उनी सबैका लागि प्रिय छन् । उनी आजसम्म घातअन्तर्घातमा सामेल भएको इतिहास छैन । राजनीतिका साथ स्थानीय स्तरका विभिन्न शैक्षिक तथा सामाजिक क्षेत्रमा सफल नेतृत्व दिइसकेका उप्रेतीका लागि उनको समाजसेवीको उज्यालो व्यक्तित्व जति सहयोगी छ, त्यति नै स्थानीय कांग्रेसमा उनले खेलेको सन्तुलनकारी र समन्वयात्मक भूमिका रहेको नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि डिल्लीराम मैनालीको भनाइ छ । नेपाली कांग्रेसमा सबै पक्षको अप्ठेरा र मर्का विचार गरेर जनताको अपार समर्थन, विश्वास र भरोसाका साथ अघि बढेका उप्रेती गाउँघरका सबै विचार, तह र तप्काका मानिसहरूसँग उत्तिकै घुलमिल हुन सहज मान्छन् । विगत लामो समयदेखि निरन्तर गाउँघरमा मरिमराउ, पूजाआजा लगायतका जनताका सुखदुःखमा भेटिने गरेका उप्रेतीका लागि समाजसेवा र राजनीति जीवनका अपरिहार्य दिनचर्या बन्दै गएका छन् /

उनका के के हुन् त प्रतिबद्धता ?

सबै जातजाति, भाषाभाषी, वर्ग, क्षेत्र, लिङ्गको विकास र सुविधामा समान सहभागितासहित गरिब र निमुखा जनताको जीवनस्तर उकास्नु नै आफ्नो मूल लक्ष्य भएको उनको भनाइ छ । यसका लागि उनले सुकुम्बासी समस्यालाई यथाशीघ्र समाधान गर्ने, रोजगारीको सिर्जना गरेर युवाशक्ति पलायनलाई रोक्ने, सडक कालोपत्रे र स्तरोन्नति गर्ने, विद्युतीकरण, शिक्षाको गुणस्तर वृद्धि, खानेपानीमा पहुँच, व्यावसायिक कृषिका लागि विभिन्न कार्यक्रम, पर्यटन प्रबद्र्धन, सामाजिक सुरक्षाभत्ता घर–घरमा पु¥याउने, बसपार्क निर्माण, फोहोर व्यवस्थापन, कनकाई र बिरिङ नदीमा तटबन्ध निर्माण, उद्योग व्यवसाय र खेलकुदको विकासलगायत विकासका एजेन्डा अघि सारेका छन् ।

३० लाख राशिको अक्षयकोष स्थापना

एकराज उप्रेतीले पिता चिरञ्जीवी उप्रेती र माता ईश्वरादेवी उप्रेतीको नाममा ३० लाख राशिको चिरञ्जीवी–ईश्वरादेवी उप्रेती अक्षयकोष स्थापना गरेका छन् । वार्षिक रूपमा विभिन्न चार विधामा उत्कृष्ट व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले स्थापित कोषले सभ्य, सुखी र सुन्दर समाजको निर्माणमा योगदान पु¥याउने र समाजमा सकारात्मक सोच र मैत्रीपूर्ण भावनाको विकासमा टेवा पु¥याउने विश्वास गर्न सकिन्छ । सुन्दर, सुखी र समृद्ध समाजको निर्माणमा उप्रेतीको सकारात्मक सोचले ठूलो भूमिका खेल्ने निश्चित छ ।

सहयोगका लागि सँधै खुला

एकराजको परिवार पहाडदेखि नै समाजसेवामा अग्रस्थानमा रहँदै आएको हो । स्थानीय चम्पापुर मावि, भुकुटी मावि, नेपाल पत्रकार महासंघ झापा शाखा, प्रणामी मन्दिर सुरूङ्गा टप्पु, कनकाई बहुमुखी क्यम्पस सुरुङ्गा, कनकाई घाट संस्था, मठमन्दिर लगायत दर्जनौं संघसंस्थाको श्रीवृद्धिमा टेवा पु¥याएका एकराज र उनका परिवारका सहयोगी हात सदैव खुला रहने गरेका छन् । एकराज उप्रेतीले आजसम्म कसैको लिएका छैनन्, जीवनमा उनले दिएका मात्रै छन् । पिताजीको सहयोगी भावना उनमा पनि सरेर आएको छ । सापटी माग्ने, तर तिर्न नजान्ने र लिन मात्रै जान्ने, तर दिन नजान्नेहरूको भिडमा अलग्गै उज्यालो व्यक्तित्व बनाएका एकराज आर्थिक मामिलामा कसैले पनि औंला उठाउन नसक्ने, इमान्दार झापा क्षेत्र नं. ४ (ख) का उदीयमान नेता हुन् । सम्पत्तिका धनी त धेरै छन्, तर मनका धनी हुन र हृदय खुला राखेर अघि बढ्न त्यति सहज छैन सबैका लागि । उदाहरणीय र अनुशरणीय कार्यमा सदा समर्पित एकराज आफू र आफ्नो परिवारले समाजलाई गरेको सहयोगको कहिल्यै प्रचार गर्दैनन् ।
उनी भन्छन्, ‘मतदाताले मलाई जिताउँछन् ।’

नेपाली कांग्रेसको असल कार्यकर्ताको रूपमा स्थापित ५७ वर्षीय उप्रेती अन्तरपार्टी सहकार्य र समन्वयमा सिपालु मानिन्छन् । जति निर्वाचनको मिति नजिकिँदै छ, त्यति उनले आम सर्वसाधारणको समर्थन पाउँदै गएका छन् । झापा–४ (ख) को प्रदेश सांसदका लागि शिवसताक्षी नगरपालिकाका ७, ९ र १० वार्ड, कनकाई नगरपालिकाको वडा नम्बर १ देखि ७ र झापा गाउँपालिकाका सबै ७ वटा वडाका मतदाताले मतदान गर्न पाउने छन् ।

आफ्नो विजय हुने कुरामा ढुक्क देखिएका एकराजलाई जीतको मुख्य आधार के हो भन्ने प्रश्नमा उनी भन्छन्–‘नेपाली कांग्रेसको सुदृढ आन्तरिक एकता, गठबन्धनका दलहरूको सहयोग, जनताको माया र आफ्नो विगतको निश्कलङ्क, सफा र सहयोगी छबि नै मेरो जीतको मुख्य आधार हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here