पत्रकार प्रसाई लाई पितृशोक

३० कार्तिक २०७९, बुधबार मा प्रकाशित


झापा, नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य देवेन्द्र प्रसाईलाई पितृ शोक परेको छ ।


राष्ट्रिय समाचार समिति झापाका पूर्व प्रमुख समेत रहेका प्रसाईका पिता विष्णुकुमार प्रसाईको ८७ वर्षको उमेरमा निधन भएको हो । दम, मुटु , रक्तचाप र मधुमेह रोगका कारण प्रसाई केही समयदेखि अस्वस्थ्य थिए । ताप्लेजुङको चागेको गैरीमा १९९२ साल माघ २५ गते जन्मिएका प्रसाईका श्रीमती धनमाया, तीन छोरा र छ जना छोरी रहेका छन् ।
तीन छोरा वुहारीमा जेठा छोरा वुहारीहरुमा डिल्ली– भीमा हुन् भने माईला देवेन्द्र –लीला अनमोल रहेका छन् । कान्छा छोरा राजन रहेका छन् । प्रसाईकी माहिली वुहारी लीला नेपाल पत्रकार महासंघ झापाकी सदस्य हुन् ।
प्रसाईका छ जना छोरीहरुमा गोमा बराल, राधा विमली, सरोज सेढाई, रुपा विमली, ममता खरेल र गीता आपगाई रहेका छन् ।
प्रसाईको विहीवार विहान कनकाई माईमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here