मेरूदण्डको समस्या भएका टेक ब. लिम्बुको शल्यक्रिया पछि स्वास्थ्य अवस्थामा सुधार

0
254

मोरङ,
मेरूदण्ड सम्वन्धी समस्या झेलिरहेका पथरीशनिश्चरे-७ का युवा टेक ब. लिम्बुको शल्यक्रिया पछि स्वास्थ्य अवस्थामा सुधार आएको छ।
४ महिना अघि घाँस काट्ने क्रममा रुखबाट झरेर कम्मरदेखि मुनि नचल्ने र मेरुदण्डको नसामा समस्या भैं स्वास्थ्य उपचार नपाएर घरमै थला परेका थिए। चुनावी घरदैलो अभियान क्रममा भेटिनु भएका टेकबहादुर लिम्बूको निशुल्क स्वास्थ्य उपचार गरिदिने वचन समेत दिनु भएका मोरङ्ग क्षेत्र नं-३बाट प्रतिनिधि सभा सदस्य पदमा नव निर्वाचित सांसद समेत भैसक्नु भएका डा. सुनिल शर्मा न्यौपानेले आफैले नोबेल अस्पतालमा उपचारार्थ लग्नु भएको थियो।
विपन्नताका कारण उपचार सेवा समेत नपाएका विमारी टेक बहादुर दिशा- पिसाप समेत लागेको चाल नपाउने अवस्थामा ओछ्यानमा सुतिरहेका थिए। डा सुनिल शर्माले बिरामीका बुवाआमा सँग गर्नु भएको प्रतिबद्धता अनुसार सांसद डा: शर्माले चुनावको मतगणना चलिरहेको समयमै स्वयंमले एम्बुलेन्समा बिरामीलाई उद्धार गरि उपचारको लागि नोबेल अस्पातल विराटनगरमा पुर्‍याउनु भएको थियो। बिरामी लिम्बुको उपचारको लागि भारतबाट विशेषज्ञ डाक्टरलाई बोलाई ब शल्यक्रिया सफल भएको छ।
र, अहिले बिरामी टेक बहादुर खुट्टा चलाउन र बोल्न सक्ने भएका छन्। विमारी राईका बारेमा अगाडि भन्नुहुन्छ -‘ म टेक बहादुरलाई हिड्न सक्ने बनाएर घरमा ल्याउंछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here