अब बन्ने सरकार काङग्रेस र माओवादी कि माओवादी र कांग्रेसको ?

0
158

काठमाण्डौं ।

गत असार ३२ मा राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एउटै मञ्चमा देखिएका थिए। त्यहाँ एमाले अध्यक्ष ओलीले नारायणकाजीमाथि प्रश्न उठाउँदै भने, ‘कांग्रेसको पुच्छर भएर हिँड्नेहरु पनि कहीँ वामपन्थी हुन्छन्रु’

कांग्रेस–माओवादी वा कांग्रेस–एकीकृत समाजवादीबीच गठबन्धन बनाउनुलाई एमाले अध्यक्ष ओलीले असैद्धान्तिक एवं अमिल्दो बताउँदै आएका छन्। वामपन्थीहरु नै आपसमा मिल्नुपर्नेमा कांग्रेससँग गठबन्धन गरेर माओवादीले गल्ती गरेको एमाले नेताहरुले आरोप लगाउने गरेका छन्।

कांग्रेस–कम्युनिस्ट गठबन्धनलाई ‘बिजातीय’ र वाम गठबन्धनलाई ‘सजातीय’ उपमा दिनु खासमा सामन्तवादी एवं जातिवादी विम्व हो। किनभने, बहुजातीय नेपाली समाजमा राजनीतिक–सामाजिक सम्बन्धहरु एउटा निश्चित जाति वा समुदायसँग मात्र हुनुपर्छ भन्नु जातीप्रथा नै हो। यो एकै जातिमा मात्रै बिहे हुनुपर्छ भन्नु जस्तै हो।

त्यसर्थ, कांग्रेस–कम्युनिस्ट गठबन्धनलाई ‘बिजातीय गठबन्धन’को उपमा दिनु नेपाली समाजको सापेक्षतामा त्यति उचित हुँदैन। यसैगरी वाम गठबन्धनलाई पनि ‘सजातीय’ भन्नु सही उपमा होइन।

यसो भनिरहँदा यो पनि स्मरण गरौं कि नेपालीमा एउटा उखान छ– ‘भेडा भेडातिर, बाख्रा बाख्रातिर।’ अर्थात भैंसी र गाईका आ–आफ्नै आनुवंशिक प्रजाति हुन्छन्। एउटै आनुवंशिक प्रजातिबीचको सहबास मात्रै प्राकृतिक मानिन्छ। आनुबंशिक भिन्नता भएका प्रजातिका बीचमा सहबासको कल्पना गरियो भने त्यो अप्राकृतिक हुन जान्छ।

यो दृष्टिकोणबाट हेर्दाखेरि प्रश्न उठाउन सकिन्छ– कांग्रेस र कम्युनिष्टहरु सहकार्यका लागि उपयुक्त वैचारिक प्रजाति नै हुन् तरु यिनीहरुको सहकार्य भेडा–भेडाको हो या भेडा र बाख्राको जस्तो होरु यसलाई जैविक नभएर राजनीतिक भाषामा भन्दा कांग्रेस–माओवादी गठबन्धन कुनै ठोस सिद्धान्त वा विचारमा आधारित गठबन्धन हो तरु कि यो दलगत लाभ र सत्ता–स्वार्थमा मात्र आधारित अप्राकृतिक गठबन्धन होरु

के नेपाली कांग्रेसलाई छाडेर एमाले र माओवादीहरु आपसमा मिल्नुचाहिँ प्राकृतिक हो तरु के माओवादीले आफ्नो वैचारिक मित्रलाई नचिनेर पराया शत्रुसँग अनुचित सम्बन्ध राखेकै होरु यो बहस अहिले एमालेभित्र पनि छ र माओवादीभित्र पनि छ।

माओवादीले एमालेसँग सहकार्य गर्दा सही हुन्छ कि कांग्रेससँगरु यसको हिसाब निकाल्नका लागि पहिले एमाले र नेपाली कांग्रेसको बैचारिक–राजनीतिक सत्व पर्गेल्नुपर्ने हुन्छ।

एमालेको ‘जात’

नेकपा एमालेले आफूलाई कम्युनिस्ट एवं वामपन्थी दल मान्छ। उसको नाम र झण्डा पनि कम्युनिस्टकै छ। विगतमा माओवादी पार्टीले एमालेसँग मोर्चा मात्रै नभएर पार्टी एकता नै गरेको हुँदा एमालेलाई कम्युनिस्ट हैन भनेर आरोप लगाउने नैतिक धरातल माओवादीसित छैन।

यो अर्थमा एमाले र माओवादी दुबै कम्युनिस्ट पार्टी हुन्। विगतमा पनि उनीहरुले गठबन्धन र एकता गरेकै हुन्। दुबै पार्टीको लक्ष पुँजीवादको विराधे गर्ने र समाजवाद हुँदै साम्यवादसम्म जाने भन्ने नै रहेको छ। यी तथ्यहरुका आधारमा हेर्दाखेरि एमाले र माओवादीको ‘जात’ वा ‘अनुबंश’ एउटैजस्तो देखिन्छ।

नेकपा एमालेको अर्को पाटो पनि छ। यो पार्टीका केही नेतालाई छाडेर समग्रतामा भन्नुपर्दा यसलाई राष्ट्रवादी धारको प्रधानता रहेको पार्टी भन्न सकिन्छ। एमालेभित्र भारतपरस्तता भन्दा चीन पररस्तता बढी छ। चीनले पनि एमालेलाई कम्युनिस्टका रुपमा लिन्छ र नेपाली कांग्रेसलाई भन्दा अलि बढी विश्वास गर्छ

चीनले एमाले र माओवादीवीच एकता र सहकार्य होस् भन्ने चाहन्छ। चीनले यस्तो चाहनुको कारण राष्ट्रियताको मामिलामा एमाले र माओवादी सजातीय प्रजाति हुन् भन्ने चीनलाई लागेकैले हो।

नेकपा एमाले वामपन्थी एवं कम्युनिस्ट पार्टी त हो नै, तर यसभित्र केही दक्षिणपन्थी रुझानहरु पनि छन्। जस्तो– एमाले अध्यक्ष ओलीले दुईचोटि संसद विघटन गरेर संसदीय लोकतन्त्रमाथिको प्रतिवद्धतामा संशय उत्पन्न गराएका छन्।

विगतदेखि नै हिन्दुधर्म र उच्चजातीय अहंकारको पक्षपोषण गर्ने, आदिवासी जनजाति र मधेसीको पहिचानप्रति अरुचि प्रकट गर्ने, महिला हिंसाको विरोधमा विगतमा जस्तो प्रतिवद्ध नहुने, पुरुषवाद एवं जातीय अहंकारवादको पक्षपोषण गर्ने अनि वामपन्थी भन्दा बढी रामपन्थी हुन मनपराउने प्रवृत्ति एमालेभित्र जबरर्जस्त रुपमा हुर्किइरहेको छ।

त्यसैगरी भिन्न विचारप्रति असहिष्णु हुने, आफूसँग असहमतलाई पार्टीभित्र वा बाहिर दुबैतिरबाट लखेट्ने, मुखले जनताको बहुदलीइ जनवाद भने पनि व्यवहारमा एकदलीय केन्द्रीयता लागू गर्न चाहने एमाले नेता कार्यकर्तामा प्रवृत्ति मौलाएको छ। र, यस्तो दक्षिणपन्थ प्रेमका कारण एमाले नेताहरु कमल थापाकै जस्तो दक्षिणपन्थी बाटोतिर उन्मुख भइरहेको भान हुन्छ। यही कारण अहिले एमालेभित्र प्रदेशको खारेजी र संघीयताको विरोध जस्ता विचारहरु प्रकट हुन थालेका छन्।

एमालेमा, विशेष गरी केपी ओलीको नेतृत्वमा देखा परेको यस्तो दक्षिणपन्थी रुझानले उसलाई नेपाली कांग्रेसभन्दा पनि दक्षिपन्थी बाटोतिर धकेल्ने खतरा छ। यसैको उदाहरण हो संसद विघटन र पार्टी विभाजन गरेर एक्लै हिँड्ने केपी ओलीको प्रयास।

यसरी एकातिर कम्युनिस्टको नाम र झण्डा लिए पनि दक्षिणपन्थ मन पराउन थालेको नेकपा एमालेसँग माओवादीले ‘ब्राण्ड’का आधारमा मात्रै सहकार्य गर्ने कि वैचारिकरुपमै अनुबंशीय समरुपता खोज्नेरु यो वैचारिक प्रश्नमाथि राष्ट्रिय बहस नगरी एकताको कुरा गरियो भने विगतमै गल्ती नदोहोरिएला भन्न सकिँदैन।

राष्ट्रियता र समाजवादमाथिको प्रतिवद्धताका आधारमा भने नेपाली कांग्रेसभन्दा नेकपा एमाले नै माओवादीको मित्र बन्नुपर्ने हो। तर, लोकतान्त्रिक मूल्यमाथिको प्रतिवद्धताका आधारमा चाहिँ एमालेभन्दा कांग्रेस नै उदार रहेको सत्य हो। एमालेको यही दोहोरो चरित्रका आधारमा उसको ‘अनुबंश’ केलाउनुपर्ने हुन्छ। सांगो पांगो रुपमा हेरेर एमालेको रंग छुट्याउन गाह्रो छ।

कांग्रेसको ‘जात’

लोकतन्त्र र संसदीय व्यवस्थामाथिको प्रतिवद्धतामा एमाले भन्दा नेपाली कांग्रेस नै सही देखिन्छ। यही कारणले केपी ओलीले प्रयास गरेको एकमना शासनको विरुद्ध कांग्रेससँग अन्य दलले गरेको राजनीतिक सहकार्य सही थियो। ०४६ सालमा पनि कम्युनिस्टहरुले कांग्रेससँग सहकार्य गरेकै हुन्। ०६२–०६३ को जनआन्दोलनमा पनि कांग्रेस र कम्युनिस्टबीच सहकार्य भएकै हो।

त्यसैले आगामी दिनमा पनि लोकतन्त्रमाथि दक्षिणपन्थी कोणबाट आक्रमण भयो भने कांग्रेससँग कम्युनिस्टहरुले सहकार्य गर्न सक्छन् भन्न सकिन्छ। ०७४ पनि केपी ओलीले स्थापना गर्न खोजेको ‘नरम तानाशाही’ व्यवस्थाप्रति कांग्रेस–कम्युनिस्ट मिलेर संघर्ष गर्नु स्वभाविकै हो। तर, नेपाली कांग्रेसको अर्को पाटो पनि छ।

लोकतन्त्रप्रति कांग्रेसको प्रतिवद्धता र व्यवहार नेकपा एमालेका नेताहरुको भन्दा सही ठाउँमा नै देखिन्छ। तर, राष्ट्रियता, सुशासन, समाजवाद र तल्लो वर्गका जनताको वर्गीय हितको पक्षमा भने कांग्रेसको प्रतिवद्धता निकै नै कमजोर छ।

कांग्रेसका नेताहरुमा भ्रष्टाचार अन्त्य गर्ने कुनै ईच्छाशक्ति देखिँदैन। बरु कर्मचारीतन्त्र र विचौलियासँग मिलेर कमिसनको खेल खेल्ने पुरानो आदत गएको छैन। भ्रष्टाचार घटाउने र सुशासन दिने विषयमा कांग्रेस नेतृत्व हिजै असफल भइसकेको हो।

कांग्रेसले लिने विदेश नीति पनि सन्तुलित देखिँदैन। चीनलाई बेवास्ता गर्दै भारत, अमेरिका लगायत पश्चिमा शक्तितर्फ ढल्कने कांग्रेसको पुरानै नीति हो। यो नीति हाम्रो असंलग्न विदेश नीतिसँग मेल खाँब्दैन।

साथै, भारतसँग लत्रक्क झुक्ने कांग्रेसको नीतिले राष्ट्रिय स्भाभिमानलाई बढावा दिँदैन। यसले अन्ततः देशलाई झनै खोक्रो, गरीब र परनिर्भर बनाउँदै लगेर देशको अस्थित्व नै धरापमा पार्ने सम्भना हुन्छ।

यसरी विश्लेषण गर्दा नेपाली कांग्रेस पनि एमालेजस्तै आधार राम्रो, आधा नराम्रो देखिन्छ। लोकतन्त्र र संविधानप्रतिको उसको प्रतिवद्धता एमालेको भन्दा राम्रो छ तर राष्ट्रियता, सुशासन र जनजिविकाप्रतिको कांग्रेसको प्रतिवद्धता अत्यन्तै फितलो छ।

यसरी एमाले र कांग्रेसको सबल एवं दुर्बल पक्ष केलाइसकेपछि यहीँनेरबाट विश्लेषण गर्न सकिन्छ कि माओवादी र एकीकृत समाजवादीलाई कसलाई नजिक मान्नेरु अनि कसलाई टाढा मान्नेरु आगामी चुनावमा कोसँग किन गठबन्धन गर्ने, कोसँग नगर्नेरु यहीँनेर अडिएर विश्लेषण गर्नुपर्ने हुन्छ।

माओवादीको ‘जात’

पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र इतिहास भएको तर वर्तमान र भविष्य नभएको पार्टी हो।

इतिहास यस अर्थमा कि बाटो जस्तोसुकै पीडादायक भएता पनि देशमा गणतन्त्र, संघीयता, समावेशी लोकतन्त्र जस्ता परिवर्तन आउनमा माओवादीको योगदान छ।

आज स्थानीय तहसम्म महिला, दलितहरुले जसरी राज्यको निकायमा प्रतिनिधित्व गर्न पाएका छन्, यसमा माओवादीको योगदान छ। यसरी इतिहासको योगदानका आधारमा माओवादी पार्टीलाई सकारात्मक नजरले हेर्न सकिन्छ।

तर, माओवादीले हिजो जनयुद्धमा योगदान गर्नेहरुलाई शान्ति प्रक्रियामार्फित उचित न्याय दिन सकेन। द्वन्द्वका घाऊ पुर्नुको साटो नेताका पछाडि परिवारजनको फोटो देखिन थाल्यो। पार्टी नेताहरु कांग्रेस एमालेजस्तै बेथिति र भ्रष्टाचारको दलदलमा फस्न पुगे। पार्टीभित्र एकता भन्दा पनि गुटबन्दी र षडयन्त्रले डेरा जमायो। र, अहिले माओवादी पार्टी नेकपा एमाले र नेपाली कांग्रेसकै फोटोकपी वा सेटेलाइटजस्तै बन्न पुथ्यो। नीति, सिद्धान्त, विचार, संगठन र संस्कार सबै हिसाबले माओवादी पार्टी स्खलित बन्न पुग्यो।

माओवादीका कतिपय नेताहरु कांग्रेसको साथ छाडेर एमालेसँग गठबन्धन गरौं भन्दैछन्। कतिपय नेताचाहिँ कांग्रेससँग मिलौं र एमालेलाई ठेगान लगाऔं भनिरहेका छन्। यस्तो किन भइरहेको छ भने माओवादी पार्टी ठिमाहा बनिसकेको छ।

कम्युनिस्ट नाम, झण्डा र समाजवादको दस्ताबेज हेर्दा माओवादी नेकपा एमालेजस्तै देखिन्छ। बेलाबखत साम्राज्यवाद र विस्तारवादको विरोध गर्दा अनि चीनको पक्षमा वकालत गर्दा एमाले जस्तै देखिन्छ। ‘वामपन्थी’ पदावलिको चर्चा गर्दा माओवादी पनि एमालेजस्तै लाग्छ।

एमसीसीको विरोधमा बोल्दा माओवादी बेग्लै देखिन्छ, फेरि कांग्रेससँग मिलेर एमसीसी पास गर्दा गैरकम्युनिस्ट जस्तै देखिन्छ। लोकतन्त्र, संविधान, संसदीय प्रणालीको रक्षा इत्यादि कुरा गर्दा माओवादी पार्टी पनि कांग्रेससँगै नजिक देखिन्छ।

देशमा सुशासन स्थापना गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने, पार्टीभित्र लोकतान्त्रीकरण गर्ने, जनताको पक्षमा नीतिहरु बनाउने र विकास एवं समृद्धिलाई जोड दिने सवालमा कांग्रेस नेताहरु जति खराब स्थानमा छन्, माओवादीको स्थिति पनि त्यस्तै छ। खाने मामिलामा कांग्रेस र माओवादी एकै देखिन्छन्। दुबै पार्टीका नेताहरु जनताप्रति उस्तै अनुत्तरदायी देखिन्छन्।

आखिर माओवादी होचाहिँ केरु माओवादी कसको नजिक होरु माओवादीको जात वा अनुबंश एमालेसँग मिल्छ वा कांग्रेससँगरु यही प्रश्नको जवाफमा खोज्न सकिन्छ उसले एमालेसँग गठबन्धन गर्दा ठीक हुन्छ या कांग्रेससँग।

अव सरकार कस्ले वनाउदा स्थायीत्व होला त ?

यसअघि बाम गठवन्धनका नामबाट एमाले र माओेवादीले सरकार बनाएकै हुन । प्रचण्ड र ओलीले सत्ता नेतृत्वमा गरेको सहमति पछि गएर नमिल्दा बाम गठवन्धन टुठ्यो । त्यसपछि काङग्रेस माओवादी सरकार बन्यो । अव फेरी सत्ता गठवन्धमा दलहरु जुटेका छन । हुन त माओवादी र एमाले भन्दा माओवादी र काङग्रेसले अलि मिलेर सत्ता चलाए ।

माओवादीले यसअघि एमाले छोडेर काङग्रेसँग लागेजस्तो भोली काङग्रेसलाई पनि नछोड्ला भन्न सकिन्न । त्यसकारण अव एक प६क कांग्रेस र एमाले मिलेर सरकार गठन गरे कसो होला ? धेरैले वहशको विषय बनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here