इसाई समाज कमल गाउँपालिकाद्वारा म्याराथुन दौड

0
285

उमानाथ भण्डारी
कमल ।

कमल । ईसाई समाज कमल गाउँपालिका द्वारा क्रिसमस को उपलक्ष्यमा कमल गाउँपालिका स्तरिय म्याराथुन दौड २०२२ प्रतियोगिता गर्ने भएको छ ।

यहि पुस ७ (भोलि बिहान) विहान कमल गाउँपालिका वडा २ क्याम्पा बाट सुरु गरिने दौड प्रतियोगिता १० किलोमिटर पुरागरी वडा नम्वर ५ स्थित पाडाजुँगीमा पुगेर सम्पन्न हुने छ ।

प्रतियोगितामा सबै उमेर समुह, सघं , सस्थाले निःशुल्क सहभागि हुन पाउने व्यवस्था मिलाईएको इसाई समाज कमल गाउँपालिकाका कोषाध्यक्ष संजिव राईले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले १५ हजार द्वतियले १० हजार र तृतिय हुनेले ५ हजार रुपैया नगद प्राप्त गर्ने कोषाध्यक्ष राईले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here