भारत,

भारतमा निर्वासन जिवन बिताइरहेका तिब्बती अध्यात्मिक धर्म गुरु दलाई लामाले चीनलाई भावनाहिन मानवता बिरोधी देशको रूपमा चित्रण गरेका छन् ।
पत्रकारको प्रश्नको जवाफमा धर्मगुरु लामाले चिनलाई साफ शब्दमा सन्देश दिँदै भनेका छन् की, भारत विश्वको सबैभन्दा राम्रो र शान्तिप्रिय देश हो, यसको तुलना चिनसंग गर्नु सुहाउँदैन । उनले चीन फर्कनुको कुनै अर्थ नरहेको प्रष्ट पारेका छन् ।
अरुणाचल प्रदेशमा भारतीय र चिनियाँ सैनिक बीच भएको झडपको सन्दर्भमा प्रतिक्रिया दिंदै दलाई लामाले चीन फर्कनुको कुनै अर्थ नभएको बताएका हुन् । त्यहाँ आम नागरिक को भावनाको कुनै कदर नहुने उनको भनाई छ ।
“भारत विश्वको सबैभन्दा राम्रो ठाउँ, शान्तिप्रिय देश हो र कांगडा – पंडित नेहरूको रोजाइ – यो ठाउँ मेरो स्थायी निवास हो,” दलाई लामाले साफ शब्दमा चीनलाई सन्देश दिएको कुरा एएनआई ले लेखेको छ ।






























