प्रदेश–१ कांग्रेसमा सिटौलाको बर्चश्व, संसदीय दलको नेतामा थापा विजयी

0
251

विराटनगर । 

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले प्रदेश–१ मा आफ्नो बर्चश्व कायम राखेका छन् । प्रदेश सभापतिमा समेत आफ्नो वर्चश्व कायम राखेका सिटौलाले संसदीयय दलको नेतामा समेत आफ्नो पक्कड कायम राखेका छन् ।

नेपाली काँग्रेस प्रदेश १ संसदीय दलको नेतामा सिटौला प्यानलका उद्धब थापा निर्वाचित भएका छन् । आज भएको संसदिय दलको मतदानमा काँग्रेस प्रदेश १ सभापति समेत रहेका थापाले १८ मत प्राप्त गरे ।

अर्का उम्मेद्वार केदार कार्कीले ९ र अमृत अर्यालले २ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक उमेशजंग रायमाझीले बताए । प्रदेश १ मा कांग्रेसका २९ जना सांसद छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here