पथरीशनिश्चरे, 
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ स्थित सालको नयाँ तथा पुरानाे गरी ५१ हजार बढिको अवैध काठ प्रहरीले बरामद गरेको छ।
गत १२ गते साँझमा को १ ख ३११९ नम्बरको मिनी ट्रक र प्रदेश ०१-०४-००१ त ०४९६ नम्बरको ट्रयाक्टरमा सालको नयाँ तथा पुरानो गरी करिब ५१ हजार पाँच सय बराबरको अवैध ७६ क्युविक फिट काठ प्रहरीले नियन्त्रणमा लिएको थियो।
त्यत्तिको परिणाममा विना कागजात ल्याउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको थियो।
अवैध काठ सहित नियन्त्रणमा लिएर प्रहरी टोलीले आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय मधुमल्लामा बुझाईएको जनाएको छ।






























