पथरीशनिश्चरे ८ मा अपाङ्गता भएका ब्यक्तिहरुलाई ब्लाङ्केट वितरण

0
98

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे वडा नं. ८ मा रहेको समृद्धि अपाङ्गता मिलीजुली समूहले न्यानो कपडा ब्याङ्केट वितरण गरेको छ ।

आज शनिबार वडा कार्यालको प्राङ्गणमा आयोजित एक कार्यक्रममा ६० जना अपाङ्गता भएका व्यक्तिहरुलाई जाडोमा न्यानो ब्लाङ्केट वितरण गरेको हो ।

कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष नविन कार्की , वडा सदस्यहरू क्रमशः बाबुराम चौधरी, झमकबहादुर लिम्बु, शान्ता योङहाङ तथा शिवकुमारी विश्वकर्मा, वडाका सचिव तारानिधी सापकोटा, निलकण्ठ सुवेदी अपाङगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गतकी (सीबीआरएफ) सम्झना बर्दैवा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति समेत रहनुभएका नगरप्रवक्ता एवम् वडा अध्यक्ष कार्कीले -‘अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गताको वर्गीकरण गरी सिपमूलक तालिमहरुको आयोजना गरिने भन्दै वडाले अबको दिनहरुमा माछा दिने छैन, माछा मार्न सिकाउँछ । बल्छी दिन्छ, जतिखेर आवश्यकता पर्छ उतिबेला माछा मार्न सकिनेछ ।’ भन्नुभयो। कार्यक्रम कानबहादुर मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here