सोलुमा ६५ जनाले लिए अङ्गीकृत नागरिकता

0
243

सोलुखुम्बु,

पछिल्लो दुई दशकयता सोलुखुम्बुमा ६५ महिलाले अङ्गीकृत नागरिकता लिएका छन् ।

विसं २०५८ देखि हालसम्म ६५ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अङ्गीकृत नागरिकता लिनेमा ४९ भारतीय र १६ चिनियाँ रहेको प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बताउनुभयो । ने

पाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई विवाह दर्ता गर्नेबित्तिकै नेपाली नागरिक हुने कानुनी व्यवस्था छ ।

नेपालको संविधानको धारा मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन भन्ने व्यवस्था छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले चालु आर्थिक वर्षको नौ महिनामा दुई हजार चार सय आठ थान नेपाली नागरिकता वितरण गरेको छ । यसमा चार सय ५० जनाले प्रतिलिपि लिएको सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले बताउनुभयो ।

सोही अवधिमा जिल्लामा चार महिलाले नागरिकताबाट पतिको नाम हटाएका छन् । उनीहरुले सम्बन्धविच्छेदपछि नागरिकताबाट पतिको नाम हटाएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here