अर्जुनधारा, शनिश्चरे फुटबल क्लबको आयोजनामा झापाको अर्जुनधारामा जारी प्रथम यू–१८ वडास्तरिय फुटबल प्रतियोगिता सेमिफाइनलमा अर्जुनधारा–८ पुग्न सफल भएको छ ।
अर्जुनधारा–७स्थित अर्जुनधारा खेलमैदानमा सोमबार सम्पन्न खेलमा अर्जुनधारा–११लाई टाईब्रेकरमा ३–४ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–८ सेमिफाइनलमा पुग्न सफल भएको हो ।
निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरीमा खेल सम्पन्न भएपछि उक्त खेलको निर्णय टाईब्रेकरबाट भएको थियो । खेलको उत्कृष्ट खेलाडी विजयी टिमका करण भूजेललाई दाता ख्यामदल राईले संयुक्तरुपमा एक जोर बुट हस्तान्तरण गरेका थिए ।
आज (मंगलबार)को खेल अर्जुनधारा–१ र अर्जुनधारा–१०बिच हुने प्रतियोगिता आयोजक समितिका सचिव पेमा तामाङले जानकारी दिए ।





























