त्रिदेव प्राध्यापक संघको सभापतिमा सावित्रा

0
136

झापा, झापाको चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाई समितिको सभापतिमा सावित्रा दाहाल भट्टराई निर्विरोध निर्वाचित भएकी छन् ।

बुधबार भएको प्राध्यापक संघको भेलाले सभापति दाहालसहित इकाई कार्य समिति सर्वसम्मत चयन गरेको जनाइएको छ ।

समितिको सचिवमा विवेक उप्रेती, कोषाध्यक्षमा केशव भुर्तेल र सदस्यमा तारा सेडाई, रोहित बरा, रुपा पौडेल र इन्द्र उपाध्यायले जिम्मेवारी पाएका छन् ।

सभापतिमा निर्वाचित दाहाल नारी सञ्चार गृह झापाका संस्थापक अध्यक्ष र प्रेस चौतारी नेपालका केन्द्रीय विभागीय सदस्य, पूर्वकै अग्रणी सहकारी संस्था एनएमसीका सञ्चालक एवम् शिक्षा तथा तालिम विभाग संयोजक, प्रेस क्लब सुङ्गाका संस्थापक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here