सुरक्षा गार्डको घटनास्थलमै मृत्यु

0
106

छविराज ढकाल
विराटनगर ,
मोरङ्गको विराटनगर भन्सार कार्यालय आईसिपी छेउमा सवारी दुर्घटनामा परी एक जना सुरक्षा गार्डको घटनास्थलमै मृत्यु भएको छ ।
शनिबार सवारी दुर्घटनामा परी झापा मेचीनगरपालिका १३ चारआली घर भएका ४५ वर्षीय राजन गिरीको मृत्यु भएको हो ।
उनी आई सिपीमा सुरक्षा गार्डको रूपमा कार्यरत छन् । सुनसरीको इटहरी ९ मा रहेको सुदर्शन सेक्युरिटी सर्भिस प्रालिमा कार्यरत थिए । उनको ४२ वर्षको श्रीमती, २३ बर्सिया छोरी र १६ वर्षको छोरा रहेका छन् । डियुटि सकेपछि बैङ्कमा पैसा झिक्न स्वकुटी लिएर गएका थिए ।
उनी चढेको मे १० प ९१६१ नम्बरको स्कुटीलाई भारतीय नम्बर प्लेटको एनएल ०२ जी ८९५२ नम्बरको लहरीले ठक्कर दिएको थियो । भारतीय नम्बर प्लेटको गाडीले ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिएका हुन् । ठक्कर दिने चालक फरार छन् । फरार चालकको खोजी कार्य प्रहरीले तीव्र बनाएको छ ।
अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक महेन्द्र दर्लामीको नेतृत्वमा प्रहरी परिचालन भएको छ । मृतकको शव अहिले पोस मार्टको लागि विराटनगरस्थित कोसी अस्पतालमा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here