अर्जुनधारा नगरपालिकाको नियमित अधिवेशनमा तीन वटा प्रस्ताव पेश

0
127

अर्जुनधारा, तीन वटा प्रस्ताव पेश गर्दै झापाको अर्जुनधारा नगरपालिकाको नगर सभाको १२औं नियमित अधिवेशन आइतबार स्थगित भएको छ ।
नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा आयोजित सभामा पेश गरिएको प्रस्तावहरुमा गत आर्थिक वर्ष ०७८÷०७९को यथार्थ आय र व्ययको विवरण, चालु आर्थिक वर्ष ०७९÷०८०को संशोधित आय र व्ययको विवरण, स्वीकृत कार्यक्रमहरुको संशोधन सम्बन्धी प्रस्ताव, आर्थिक ऐन संशोधन गर्न बनेको विधेयक २०७९ र नगर कार्यपालिकाले छनौट गरेको साझेदारी योजना तथा पेभर्स सम्बन्धी योजना अनुमोदन सम्बन्धी प्रस्ताव रहेका छन् ।
सभामा उपप्रमुख खड्गमाया पराजुलीले गत आर्थिक वर्ष ०७८÷०७९को यथार्थ आय र व्ययको विवरण, चालु आर्थिक वर्ष ०७९÷०८०को संशोधित आय र व्ययको विवरण, स्वीकृत कार्यक्रमहरुको संशोधन सम्बन्धी प्रस्ताव, कार्यपालिका सदस्य हरिशचन्द्र बाँस्तोलाले आर्थिक ऐन संशोधन गर्न बनेको विधेयक २०७९ र अर्का कार्यपालिका सदस्य भूपेन्द्र न्यौपानेले नगर कार्यपालिकाले छनौट गरेको साझेदारी योजना तथा पेभर्स सम्बन्धी योजना अनुमोदन सम्बन्धी प्रस्ताव पेश गरेका थिए ।
उक्त अधिवेशनको अर्को बैठक यही माघ ३ गते बुधबार दिँउसो १२ बजे बोलाइएको प्रमुख तामाङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here