भीजी सुजुकीको स्कुटर खरिदमा १५ हजार उपहार

0
100

झापा, गत फागुन ५ गतेबाट बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव’ मा अटोमोवाइल्सका १३ स्टल राखिएका छन् । जसमा केही स्टलले विद्युतीय सवारीका साधन समेत राखेका छन् ।
महोत्सव स्थलमा आएका अबलोकनकर्तालाई मध्यनजर गर्दै अटोमोवाइल्स बिक्रेताले विभिन्न उपहार योजना ल्याएसंगै उपभोक्ताको आकर्षस समेत बढेको छ ।
अटोमोवाइल्सको पहिलो स्टलमा राखिएको भीजी सुजुकीको आधिकारिक बिक्रेता जगुरमुखी ट्रेड लिङ्कले स्कुटर खरिदकर्ताका लागि १५ छुट योजना प्रदान गरेसंगै महोत्सवस्थलबाटै स्कूटर बिक्री भएको छ । कनकाई ७ का किशोर श्रेष्ठले जगुरमुखी ट्रेड लिङ्कको उपहार योजना मन पराएर स्कुटर खरिद गरेको जगुरमुखी ट्रेड लिङ्कका कर्मचारी लय मैनालीले जानकारी दिनुभयो । स्कूटर खरिदकर्ता श्रेष्ठलाई बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले चावी हस्तान्तरण गर्नु भएको थियो ।
महोत्सव अवलोकनका लागि आउनु भएका श्रेष्ठ जगुरमुखी ट्रेड लिङ्कको उपहार योजनामा निक्कै खुशी देखिनुभयो ।
त्यसो त अन्य अटोमोवाइल्स बिक्रेताले समेत विभिन्न उपहार योजना ल्याएका छन् । उनीहरुले राखेका स्टलबाट समेत विभिन्न सवारी धमाधम बिक्री भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here