अर्जुनधारा ।
झापाको अर्जुनधारा–७ स्थित डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धाम पूजास्थलमा रहेको दुई वटा रुख लड्दा धामको भौतिक संरचनामा क्षती पुगेको छ ।
आइतबार विहान अनुमानित १० बजेको समयमा धामको पूजास्थलमा रहेको डुम्री र इपील प्रजातिका दुई वटा रुख लडेको धामका सहायक पूजारी लालबहादुर धिमालले जानकारी दिए ।
रुख लड्ने क्रममा अनुमानित ३० मिटर लम्बाई बराबरको ग्रीलको पर्खाल, धाम प्रवेश मार्गमा रहेको २१६ दिप प्रज्वलन गर्ने पोल, विद्युत लाइन विस्तार गरिएका तारहरुमा क्षती पुगेको हो ।
दुवै रुखका जराहरु पूर्णरुपमा मक्किएका कारण रुख लडेको हुनसक्ने अनुमान गरिएको छ ।