भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

0
256

बिर्तामोड।

नेपाली कांग्रेस विर्तामोड नगरपालिका ५ नम्बर वडा कार्यसमितिको आयोजनामा नयाँबर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना आदान–प्रदान एवं भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला पार्टी कार्यालयमा सोमबार आयोजित कार्यक्रमका बीच प्रमुख अतिथि सुधिरकुमार शिवाकोटीसहित अतिथिहरुले संयुक्त रुपमा भित्ते पात्रो विमोचन गर्नुभएको हो । भित्तेपात्रो विमोचनपछि आयोजित सभामा बोल्दै प्रमुख अतिथि एवं संविधानसभा सदस्य शिवाकोटीले वडा समितिले रचनात्मक एवं दीर्घकालीन महत्व राख्ने कार्यक्रम गरेको धारणा राख्नुभयो ।

टोल एवं वडा बलियो भए कांग्रेस बलियो हुने र कांग्रेस बलियो भएमात्रै लोकतान्त्रिक शासन पद्धति बलियो हुने बताउँदै नेता शिवाकोटीले सक्रियतापूर्वक विकास निर्माण एवं जनजीवीकाका सवालमा कार्य गर्न सबै वडासमितिहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस १ नम्बर प्रदेश समिति सदस्य रञ्जिता कार्की, महाधिवेशन प्रतिनिधि राधा सुब्बा, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, क्षेत्र नम्बर २ प्रदेशसभा क का सभापति लक्ष्मीप्रसाद आचार्य, नगर सभापति भोजराज सिटौला, ५ नं वडाअध्यक्ष रोहित प्रसाई, नेपाली कांग्रेस विर्तामोड १ नम्बर वडा सभापति रघुनाथ सापकोटा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

वडाका उपसभापति सुष्मा पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत जनार्दन बास्कोटा र सञ्चालन खगेन्द्र प्रसाईले गर्नुभएको थियो । कार्यक्रममा २०१५ सालको आम निर्वाचनमा, निर्वाचन क्षेत्र नं २६ धनकुटाबाट निर्वाचित सांसद तेजमान तुम्बाहाम्फे एवं लोकतन्त्र र समाजवाद प्राप्तिका लागि गरिएका विभिन्न आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदहरुको स्मृतिमा १ मिनेट मौनधारण गरिएको थियो । नेपाली कांग्रेसको पूर्व केन्द्रीय सदस्य समेत रहनुभएका तुम्बाहाम्फेको चैत २५ गते निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here