विराटनगरमा माछामासु बिक्री वितरण व्यवस्थित गरिने

0
162

विराटनगर,

विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा माछामासु विक्री वितरण व्यवस्थित गर्ने भएको छ । विराटनगरका विभित्र स्थानमा खुल्ला रुपमा माछामासु बिक्री गर्ने गरेको पाइएकाले यसलाई व्यवस्थित गर्न लागिएको हो ।

पशु बधशाला तथा मासु जाँच ऐन–२०५५ ले खुल्ला रुपमा पशुपक्षीको बध गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ । राजधानीका साथै कोशी प्रदेशको एक मात्र महानगरपालिका भएकाले विराटनगरलाई व्यवस्थित गर्नु जरुरी रहेको नगरप्रमुख नागेश कोइरालाले बताउनुभयो ।

“विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दायित्व सबैको हो”, उहाँले भत्रुभयो, “महानगरले सञ्चालन गरेका अन्य अभियानजस्तै माछामासु बिक्री वितरणलाई पनि व्यवस्थित बनाउने अभियानमा विराटनगरवासीबाट साथ र सहयोगको अपेक्षा गरेको छु ।” महानगरले हाल सरसफाइ, फुटपाथ नियन्त्रण, कर सङ्कलन, नो पार्किङलगायत अभियान जारी राखेको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले यही वैशाख १५ गतेदेखि लागू हुनेगरी सार्वजनिकस्थल, खुल्ला ठाउँ, तोकिएको स्थान र क्षेत्रका साथै व्यवस्थित पसलमा बाहेक पशुपक्षी बध गर्न निषेध गरिएको बताउनुभयो । विराटनगरमा अहिलेसम्म पनि नगरपालिकाले पशु बधशााला निर्माण गर्न सकेको छैन, वडा नं ८ बनाउन लागिएको बधशाला उपयुक्त नभएको यसमा नगरपालिकाले गरेको खर्च निरर्थक भएको छ ।

विशेषगरी साप्ताहिक हाटबजारका साथै सडक छेउछाउ र चोकहरूमा खाट, टेबल, प्लाष्टिक ओछ्याएर भुइँमा राखेर खुल्ला रुपमा माछामासु बिक्री गर्ने गरिएको छ । “अबदेखि खुल्ला रुपमा माछामासु बिक्री गर्न पाइने छैन”, प्रमुख कोइरालाले भत्रुभयो, “ऐनले नै अव्यवस्थित र खुल्ला रुपमा पशुपक्षीको बध गर्न र बिक्री वितरण गर्न निषेध गरेको छ ।”

पशुपक्षी शाखाका प्रमुख शुभनारायण यादवका अनुसार सार्वजनिक रुपमा सूचना प्रकाशित गर्नाका साथै माइकिङसमेत गर्न सुरु गरिएको छ । महानगरको निर्णय कार्यान्वयन नगरी अटेर गरेर खुल्ला ठाउँमा माछामासु बिक्री वितरणका साथै पशुपक्षी बध गरेको पाइएमा कडा कारबाही गरिने यादवले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here