बाह्रदशीमा ४४० जनालाई निःशुल्क आयुर्वेद स्वास्थ्य सेवा

0
89

झापा, बाह्रदशी गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
आयुर्वेद स्वास्थ्य शाखा बाह्रदशीको आयोजनामा भएको शिविरमा ४ सय ४० जनाले स्वास्थ्य सेवा लिएका छन् ।
बाह्रदशी ७ स्थित गौरीशंकर माध्यमिक विद्यालयको प्राङ्गढमा भएको शिविरमा आयुर्वेदका चिकित्सकहरुले सेवाग्राहीलाई सेवा प्रदान गरेको आयुर्वेद स्वास्थ्य शाखा बाह्रदशीका प्रमुख जटाशंकर झाले जानकारी दिनुभयो ।
बाह्रदशी गाउँपालिका प्रमुख देविन्द्र प्रसाद चम्लगाईले उद्घाटन गरेको शिविरमा विरामीहरुलाई निःशुल्क औषधि समेत बितरण गरिएको थियो । शिविरमा ६५ जनाले ल्याव सेवा, भिडियो एक्स रे सेवा एक सय जनालाई र ४० जनालाई फिजियो थेरापी सेवा समेत प्रदान गरिएको थियो ।


आयुर्वेद स्वास्थ्य शाखा बाह्रदशीका अध्यक्ष तथा वडा नम्वर ५ का वडाध्यक्ष बीर वहादुर सिंह राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ता देवी शिवाकोटी खरेल, प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा, वाह्रदशी गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष भीम वहादुर कार्की, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डा अनिल कुमार यादव लगायतले बोल्नु भएको थियो ।
आयुर्वेद स्वास्थ्य शाखा बाह्रदशीका प्रमुख जटाशंकर झाले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक लोचन कुमार गुरागाईले गर्नु भएको थियो ।
शिविरमा डा नुतन महत्तो, धर्मेन्द्र कुमार, विनोद यादव, डा सुरज पन्त, शिवेन्दर यादव, अनिलकुमार ठाकुरले स्वास्थ्य जाँच गर्नु भएको थियो । दिपेश भेटवाल र भगिरथ शाहले ल्याव सेवा प्रदान गर्नुभएको थियो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here