आवाश मार्गमा ढल निर्माणको पहल

0
48

बिर्तामोड , बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा नगरपालिका ११ को सिमानामा रहेको आवाश मार्गमा ढल निर्माणको पहल अगाडि बढाउन समिति निर्माण गरिएको छ ।

बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव तामाङ गोमदेनको नेतृत्वमा अनुगमन गरि पहल समिति निर्माण गरिएको हो ।

नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई सहित गरिएको अनुगमनमा अर्जुनधारा ११ का वडाअध्यक्ष खगेन्द्र ईङनामको संयोजकत्वमा ७ सदस्यीय समिति निर्माण गरिएको हो ।

समितिको सदस्यहरुमा बिर्तामोड ५ का वडाअध्यक्ष रोहित प्रसाई, अर्जुनधारा ६ का वडाअध्यक्ष हरिषचन्द्र बाँस्तोला , गोपाल विमली, सुरेन्द्र बहादुर लिम्बु, बीरबहादुर राई र टेकराज सुव्वा रहनु भएको छ ।

बिर्तामोड नगरपालिकाकी नगर प्रमुख प्रसाईले वर्खामा डुवानको समस्या रहंदै आएको यस क्षेत्रमा ढल निर्माणका लागि दुवै नगरपालिका सकरात्मक भएकोले समिति निर्माण गरेर पहल अघि बढाएको बताउनु भयो । बिर्तामोड वस पार्कदेखि माथिल्लो यस क्षेत्रमा डुवानको समस्या वर्षौं देखि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here