शनिश्चरे आयुर्वेद औषधालयको आयुर्वेद शिविरमा २३८ जनाले सेवा लिए

0
69
अर्जुनधारा, झापाको अर्जुनधारा नगरपालिका अन्र्तगत शनिश्चरे आयुर्वेद औषधालयको आयोजनामा विशेषज्ञसहितको एक दिने निःशुल्क स्वास्थ्य आयुर्वेद शिविर शनिबार सम्पन्न भएको छ ।
अर्जुनधारा–८स्थित शनिश्चरे माध्यमिक विद्यालयको प्राङ्गणमा अर्जुनधारा–७का वडाध्यक्ष एवम् औषधालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद खतिवडाको अध्यक्षतामा आयोजित उक्त शिविरको प्रमुख अतिथि नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।
पायल्स, फिस्टुला, फिसरलगायत मलद्वारमा हुने रोगहरु तथा नसा, बाथ तथा हाडजोर्नी सम्बन्धी रोगहरुका बिरामीहरु लक्षित गरि उनीहरुको स्वास्थ्य परीक्षण, उपचार तथा औषधि वितरण गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको औषधालयका प्रमुख वरिष्ठ कविराज अनिल ठाकुरले बताए ।
शिविरमा काठमाण्डौंस्थित नरदेवी आयुर्वेद चिकित्सालयका कन्सल्टेन्ट आयुर्वेद शल्य चिकित्सक डा. नेत्रबहादुर बस्नेत, झापाको लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालकी कन्सल्टेन्ट काय चिकित्सक डा. नूतन महतो र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डा.सुरज पन्तले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेको चकचकीस्थित आयुर्वेद औषधालयका वरिष्ठ वैद्य जीतेन्द्रप्रसाद पटेलले जानकारी दिए ।
औषधालयका प्रमुख ठाकुरले शिविरको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिवसताक्षी आयुर्वेद शाखाका कविराज निरीक्षक राजेन्द्र पोखरेलले गरेका थिए । शिविरमा ८८ जना पुरुष र एक सय ५० जना महिलासहित जम्मा दुई सय ३८ जनाले सेवा लिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here