बिर्तामोडमा देवान कन्सलट्याण्ड प्रा.लि.को शाखा कार्यालय सञ्चालनमा

0
106

झापा, झापको बिर्तामोडमा देवान कन्सलट्याण्ड प्रा.लि.ले शाखा विस्तार गरेको छ ।
बैदेशिक रोजगारीका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको प्रालिले पूर्बका नागरिकलाई लक्षित गर्दै बिर्तामोडमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । विशेष गरी खाडी सहित युरोपियन मुलुकमा रोजगारीका लागि कामदार पठाउदै आएको प्रालिले फ्रि भिजा र प्रिल टिकटलाई प्राथमिकतामा राखेको प्रालिका कार्यकारी प्रमुख विष्णु रिमालले बताए । वैंदेशिक रोजगार सम्वन्धि सबै काम झापाबाट गर्न सकिने गरी झापामा शाखा कार्यालय सञ्चालनमा ल्याएको रिमालको भनाई छ ।
बैदेशिक रोजगारीमा जानेहरुलाई सिप परीक्षण सहित तालिम प्रदान गर्दै पठाउने गरिएको र हालसम्म विदेश जानेहरुले कुनै समस्या झेल्नु नपरेको रिमालको भनाई छ ।
झापामा सञ्चालनमा ल्याएको शाखाको व्यवस्थापकका रुपमा आकाश सुब्बा लिम्बू रहेका छन् । शाखाको उद्घाटन झापाका मेनपावर व्यवसायीहरुको उपस्थितिमा प्रालिका कार्यकारी प्रमुख विष्णु रिमालले रिवन काटेर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here