डेंगु रोगको संक्रमण बढ्दै: आवश्यकता अनुसार विषादी चर्किएको स्वास्थ्य प्रमुख आचार्यको भनाई

0
55

पथरी शनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिकामा डेंगु रोगको संक्रमण बढ्दै गएको छ।

केहि दिन यतादेखि डेंगु रोगको कारण उपचार गर्न आउने बिरामीको संख्या सय बढि भएको हो। विशेष गरी पथरीशनिश्चरे नगरका वडा नं १,२,४,७ र१० का शहर बजारहरूमा यो रोगको संक्रमण बढ्दै गएको पाइएको छ।

यता नगरपालिकाको स्वास्थ्य शाखाले डेंगु निर्मूृलको लागि आवश्यकता अनुसार विषादी छर्की रहेको जनाएको छ। ति ठाउँहरूमा लामखुट्टेका लार्भा नष्ट गर्न विषादी समेत हान्ने काम भइरहेको स्वास्थ्य शाखा प्रमुख मुरारी प्रसाद आचार्यले बताउनुभयो।उक्त रोगको कारण बढी प्रभावित स्थानको पहिचान गरी नगरका विभिन्न वडाहरुमा पछिल्लो समयमा विषादी स्प्रे गर्ने कार्य जारी राखिएको नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी प्रसाद आचार्यले बताएका छन्।

डेंगु रोगको लक्षण देखिएपछि न्युनीकरण गर्ने उद्देश्यले लामखुट्टे बस्ने स्थान नष्ट गर्ने र जनचेतना जगाउने कार्य एकैसाथ संचालन गरिएको छ। अहिले पथरी नगरअस्पतालबाट उपचार सेवा उपलब्ध गराउने काम भइरहेको र हाल सम्ममा उपचार पछि ५० बढी घर फर्किएका छन्।

सोहि क्रममा उहाँले पानी जम्ने ठाँउको खोजी गरी त्यस्ता स्थानहरूमा धेरै दिनसम्म पानी जम्न नदिन र लामो लुगा लगाएर शरीर ढाक्न समेत अनुरोध गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here