नगरद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान

0
14

पथरी शनिश्चरे, 

५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा पथरी शनिश्चरे नगरपालिकाको गत शैक्षिक सत्र २०७९ मा उत्कृष्ट नतिजा ल्याई उत्तीर्ण हुने विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान गरिएको छ ।

शुक्रबार ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी ” भन्ने नारासहित पथरीशनिश्चरे नगरपालिकाले पुरस्कृत तथा सम्मानित गरेको हो।

उक्त अवसरमा नगर शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकीले गत शैक्षिक सत्र २०७९ का लागि नगरका संस्थागत तथा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याई नगरपालिका मातहतमा संचालित कक्षा–५, ८ र १० एसईई परीक्षामा सर्वोकृष्ट नजिता प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उक्त अवसरमा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देविमाया काफ्ले तथा जनप्रतिनिधिहरुले फूल, अबिर, नगद सहित विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो । यस्तै नेपालका तीन नाष्ट नामक वैज्ञानिकहरूको साझा संस्थाबाट छनौटमा पर्न सफल पथरीशनिश्चरे–३ का त्रिसव तिम्सिनालाई नगर कार्यपालिकाको बैठकले पारित गरेको ५० हजार रुपैयाँको चेक प्रदान गरी सम्मान गरिएको थियो ।

यस्तैगरी संस्थागत विद्यालयबाट एसईई परीक्षामा सर्वोकृष्ट नजिता प्राप्त गर्ने प्याराडाईज ईंङ्लिस बोर्डिङ स्कुलका ३.९५ जिपीए ल्याउने निश्चल काफ्ले र संस्थागत विद्यालयहरुबाट उत्कृष्ट नतिजा हासिल गर्ने पञ्चायत माविका ३.८ जीपीए प्राप्त गर्ने ३ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here