मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न

0
108

सुरुङ्गा ।

रोटरी क्लब अफ सुरुङ्गाको आयोजनामा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न भएको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा सुरुङ्गास्थित कुमुदिनी होम्समा आयोजित कार्यक्रममा मनोविद् डा. श्रद्धा भण्डारीले सहजीकरण गरेकी थिइन् । हरेक वर्ष अक्टुबर १० लाई विश्व मानसिक स्वास्थ्य दिवसका रूपमा मनाइने गरेको छ ।

विर्तामोडस्थित बी एण्ड सी अस्पताल र सुरुङ्गास्थित कनकाई नगर अस्पतालमा कार्यरत डा. भण्डारीले मानसिक रोग भयावह रूपमा बढ्दै गएको र आत्महत्या गर्ने दर पनि बढ्दै गएको बताइन् । उनले मानसिक रोग जैविक, वंशाणुगत, आर्थिक, सामाजिक, लागुपदार्थ दुव्र्यसन, अस्वस्थ प्रतिष्पर्धा, मनोवैज्ञानिक, शारीरिक पीडा, आम्दानी–खर्च असन्तुलन, घर वा कार्यालयको कार्यबोझ, चिन्ता, उदासीनता लगायत विविध कारणले हुनसक्ने भएकाले कुन कुन कारणले मानसिक स्वास्थ्यमा असर पुगेको हो पत्ता लगाउन जरुरी भएको बताइन् ।

‘मानसिक स्वास्थ्य विश्वव्यापी मानवअधिकार हो’ भन्ने नाराका साथ यस पटकको विश्व मानसिक स्वास्थ्य दिवस मनाइदै छ । मानसिक स्वास्थ्य ठीक राख्नका लागि मानिस सकारात्मक स्वार्थी हुन जरुरी रहेको डा. भण्डारीको भनाइ छ । शारीरिक व्यायाम, ध्यान, योग, सन्तुलित भोजन, सृजनशीलता, मनोरञ्जन, पूर्ण निद्रा हुनुपर्ने उनको भनाइ छ । लामो समयसम्म पनि मानसिक अवस्था ठीक हुन नसके विज्ञसँग सल्लाहका लागि जान डा. भण्डारीले सुझाइन् ।

रोटरी क्लब अफ सुरुङ्गाका अप्रेसिडेन्ट शिवकुमार कडेँलको अध्यक्षतामा भएको कार्यक्रममा चार्टर प्रेसिडेन्ट एलपी उप्रेती, पूर्व अध्यक्षहरू कुमारमणि पोखरेल, खेमप्रसाद प्रसाईं, टीकाप्रसाद जमरकट्टेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रामप्रसाद निरौला, लीलाराज झापाली, अर्जुन बोहोरा, प्रताबबाबु जमरकट्टेल लगायतले मानसिक स्वास्थ्यसम्बन्धी जिज्ञासा राखेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव बिनिता मैनालीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here