बिर्ताामोडमा मानसिक स्वास्थ्यका विषयमा अन्तरक्रिया

0
108

बिर्तामोड ।

पछिल्लो समय मानसिक रोगीको संख्या बढ्दै गएको र त्यसको कारक तत्व पहिचान गर्न नसक्दा मानिस समस्यामा पर्दै जाने गरेको चिकत्सिकहरुले बताएका छन् । आफुमा भएका समस्या खुलेर नराख्दा मानिसमा गम्भिर समस्या देखिएपछि मात्रै उपचारका लागि अस्पताल धाउने गरेकाले उपचारमा समस्या सिर्जना हुने गरेको बताइएको छ ।

नेपालमा दसमध्ये एक जना मानसिक समस्यासँग बाँचिरहेको र दैनिक १९ जनाले ज्यान गुमाउने गरेको अवस्थाप्रति चिकित्सकहरुले चिन्ता ब्यक्त गरेका छन् ।

रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले विश्व मानसिक स्वास्थ्य दिवसका अवसर पारे झापाको बिर्तामोड स्थित बिर्ता सिटी अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर आभाष निरौला र बीएण्डसी अस्पतालका डाक्टर श्रद्धा भण्डारीले मानसिक स्वास्थ्यसँग जोडिएका विषयलाई न्यूनीकरण गर्न मानिसले गर्नुपर्ने काम तथा रोगको पहिचान कसरी गर्न सकिन्छ भन्ने विषयमा सहभागिहरुलाई बुझाएका थिए ।

कोभिड–१९ पछि र हालको आर्थिक मन्दिका कारण धेरै मानिसहरु मानसिक रुपमा विक्षिप्त हुँदै मानिसक तनावका साथै आत्महत्या सम्मको बाटो रोज्न गरेकाले यसलाई रोक्न सचेतना आवश्यक रहेको चिकित्सकहरुले जोड दिएका छन् । उनीहरुले आफुमा हुने समस्यालाई बेलैमा पहिचान गरेमा यस्ता मानसिक रोगबाट मुक्त हुन सक्ने बताए ।

मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास र लाञ्छनालाई न्यूनीकरण गर्दै विभिन्न क्षेत्रमा मानसिक स्वास्थ्यका विषयमा कार्यक्रमहरु गर्ने रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष नवीन उप्रेती (सिद्धार्थ)ले बताए । उनले विश्वका धेरै देशहरुले मानसिक स्वास्थ्यलााई प्राथमिकतामा राख्ने गरे पनि नेपालमा भने सरकारले यो रोगलाई प्राथमिता नदिँदा पछिल्लो समय मानसिक समस्याका विरामीहरु बढ्न थालेको उल्लेख गरे । उनले रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले यस वर्ष मानसिक स्वास्थ्यका सवाललाई प्राथमिकताका साथ उठाउने बताए ।

समाजमा व्याप्त गरिबी, बेरोजगारी, जातीय तथा लैङ्गिक भेदभाव, अपेक्षाअनुरुपको जीवनशैली बाँच्न नसक्नु, सांस्कृतिकरुपमा अराजकता बढ्दै जानुजस्ता समस्याले मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको चिकित्सकहरुले बताए । मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलित आहार प्रयोग, पर्याप्त निन्द्रा, दैनिक व्यायाम र दुःखमा साथी, सहकर्मी र आफन्तको सहयोग लिने र दिने बानीको विकास गर्नसमेत डाक्टरहरुले सुझाव दिएका छन् ।

रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष नवीन उप्रेती (सिद्धार्थ)को अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका निवर्तमान अध्यक्ष सुमन शर्मा जमरकट्टेल, एसिस्टेन्ट गर्भनर शुभकुमाइ पाठक, डिस्टीक जोइन्ट सेक्रेटरी निकीता गिरी, पूर्व अध्यक्ष प्रशान्त भण्डारी, शिवकुमार अग्रवाल, अरबीन गोयल, रोटरी क्लव अफ बिर्तामोडकी डा. संन्ध्या राठी, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा डाक्टर निरौला र भण्डारीले मानसिक स्वास्थ्यका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिँदै स्वास्थ्य जीवन जिउने विषयमा सचेत बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here