अमित खम्बू,
अर्जुनधारा ।

पहिचान पक्षधर र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षधरका प्रदर्शनकारीहरुको प्रदर्शनकाबिच युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको प्रथम अधिवेशन बिहीबार सम्पन्न भएको छ ।
अर्जुनधारा–८ सातपत्रेस्थित नेकपा एमाले पार्टी नगर कमिटीको कार्यालय प्राङ्गणमा आयोजित उक्त अधिवेशनको उद्घाटन पार्टीका पोलिट ब्युरो सदस्य एवम् पूर्व उद्योग मन्त्री महेश बस्नेतले गरेका थिए ।
कमिटीका अध्यक्ष सुरेन राईको अध्यक्षतामा आयोजित कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितीज थेवे, केन्द्रीय उपाध्यक्ष एवम् कोशी प्रदेशका उत्प्रेरक कृष्णहरि केसी, पार्टी झापाका अध्यक्ष दीपक कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
युवा संघ नेपालकी केन्द्रीय सदस्य एवम् अर्जुनधाराका उत्प्रेरक रोजिना पाण्डेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन युवराज चापागाईंले गरेका थिए । अधिवेशनको बन्दसत्र शुक्रबार(भोलि) हुने अध्यक्ष राईले जानकारी दिए ।
प्रदर्शनकारीद्वारा सवारी साधनहरुमा तोडफोड ः
युवा संघको प्रथम नगर अधिवेशनमा हुन सक्ने झडपलाई लक्षित गरेर कार्यक्रम स्थल, सातपत्रे क्षेत्र, कार्यक्रम स्थल प्रवेश मार्ग नजिक रहेको शनिश्चरे–जयपुर सडक खण्ड, सोही खण्ड अन्र्तगतको शनिश्चरे माध्यमिक विद्यालय अगाडि व्यापकरुपमा जनपद प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
शनिश्चरे माध्यमिक विद्यालय अगाडि भेला भएका मेडिकल व्यवसायी प्रसाईं पक्षधरका प्रदर्शनकारीहरुले दुर्गा प्रसाईं जिन्दावाद, गणतन्त्र खारेज गरलगायतका नारासमेत लगाएका थिए ।
यता पहिचान पक्षधरका प्रदर्शनकारीहरुले शनिश्चरे–जयपुर सडक खण्डमा पार्किङ गरेर राखेको भारतीय नम्बर प्लेटको एउटा सवारीसाधनसहित जम्मा १३ वटा सवारीसाधनमा तोडफोड गरेको बताइएको छ ।
तोडफोड भएको सवारीसाधनहरुमा प्रदेश १–०४–००१च०१६२, बा११च २४५१, मे१च ६८९९, बा१८च १७६८, बा१६च ८७९९, मे१च ५७८३, बा२०च ९७२८, बा१३च ७५६३, प्रदेश ३–०१–०२३च८१३३, मे १च ४४२७, प्रदेश १–०४–००१च०२८४, बा १४च ५१६१ र ध्द्यठठब्ज्ञटघठ रहेका छन् ।
प्रत्यक्षदर्शीहरुका अनुसार सातपत्रे क्षेत्रमा सुरक्षाका लागि खटिएका प्रहरीहरु माथि पनि उनीहरुले ढुंगा प्रहार गरेको बताइएको छ ।






























