‘पहिचानको आन्दोलन गर्नेहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न आग्रह’

0
11

विमल दहाल, इलाम ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले पहिचानको मुद्दामा शान्तिपुर्ण आन्दोलन गर्न आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको छ। इलामको माई नगरपालिका वडा नम्बर १ र ९ को संगम स्थलमा रहेको तेह्रकुने सिमसार महोत्सवको समापन समारोहमा बोल्दै मन्त्री राईले कोहि कसै प्रति लक्षित भएर आक्रमण नगरिदिन आग्रह गर्नु भएको हो।

मन्त्री राईले आफुहरुले पनि पहिचान को मुद्दा लिएर हिडेको हो तर एउटा कुरा खुस्कियो, एउटा कुरा चिप्लियो भन्दैमा कसैको ज्यानै जाने गरि अान्दोलन गर्नु हुदैन भन्दै वर्तमान प्रदेश सरकार पहिचानको मामिला बुझेकै सरकार रहेकाले नामका विषयमा प्रदेश सरकारमा छलफल भईरहेको बताउनु भयो। मन्त्री राईले प्रदेशको नामाकरण संसदीय प्रक्रिया मात्र सकिएको तर राजनीतमा असम्भव कुनै कुरा छैन, आन्दोलन शान्तिपूर्ण रहनु पर्छ भन्दै लक्षित आन्दोलन नगर्न सुझाव दिनुभयो।

गत पुस १७ गतेवाट सञ्चालन रहेको चार दिने महोत्सव समापन कार्यक्रम प्रमुख अतिथि मन्त्री राईले तेह्रकुने सिमसारको विकासको लागि प्रदेश सरकारले थप सहयोग गर्ने भन्नुहुँदै १३ वटै कुनामा सबैको संस्कृति झल्किने काम गर्न आग्रह गर्नुभयो। वहाँले डम्फू वजेको, सिलोक गाएको, मारुनी नाचेको,संगिनी खेलेको, केलाङ नाचेको पनि हेर्ने मन रहेको र पहिचानको कुरा पनि यसरीनै उठान भयोभने वलियो हुने धारणा राख्नुभयो।

समापन कार्यक्रममा विशेष अथिति प्रदेश सभा सदस्य खगेश्वरी पौडेल अधिकारी(बन्दना), वडा अध्यक्षहरु रामबहादुर राई, देवकुमार तामाङ, खड्गसुन्दर योङ्हाङ, आदिबासी जनजाती महासंघ इलाम अध्यक्ष चक्र एक्तेन ‘अभिषेक’ ,नेपाली कांग्रेस क्षेत्र नम्बर-१ (ख) सभापति निश्कल राई लगायतले मन्तब्य राख्नु भएको थियो। अतिथिहरु भगवती बराइली, पुष्प गिरी, प्रेमलाल गिरी,प्रेम दुलाल,खड्ग कँडेल, सुरक्षाकर्मी, पत्रकार लगायतको महोत्सव समापनमा उपस्थिति रहेको थियो। करसिंह राईको अध्यक्षता, ललिता राईको स्वागत र सुवर्ण राईको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

महोत्सवको समापनमा प्रवेश गरेकि गायिका ज्योति मगरले महोत्सवलाई सांगीतिक माहौलका विच मनोरञ्जन दिनु भएको थियो। रातको ११ बजे स्टेजमा प्रवेश गर्नु भएकी गायिका तथा कलाकार मगरको सांगीतिक मनोरञ्जन दिई रहदा स्टेजनै प्वाल परेर ज्योतिको देव्रे खुट्टामा चोट लागेको थियो। स्टेज प्वाल परेर घुँडा सम्म खुट्टा छिरेपछि ‘मैले भनेको त होनि’ भन्दै खुट्टा निकाल्न सहयोग मागेकी ज्योतिले आयोजकको ब्यबस्थापन प्रति असन्तुष्ट रहनु भएको थियो। मगरले खुट्टामा चोट लागेपनि त्यस पछी खुट्टा दुख्यो भन्दै आधा घण्टा करिव १२ बजे राति सम्म दर्शकलाई मनोरञ्जन दिनु भएको थियो।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा महोत्सव सञ्चालन भएको थियो ।भौगोलिक र जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको सिमसार क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि महोत्सवको गरिएको हो । ‘चुरे क्षेत्रमा संरक्षण गरिएको जैविक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण यस क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here