पथरीशनिश्चरे ।
मोरङको पथरी शनिश्चरे नगरपलिका–१ बाट प्रतिबन्धित औषधिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पथरीले झापाको पृथ्वी गाउँपालिका– ३ घर भई हाल पथरीशनिश्चरे–१ स्थित डेरा गरी बस्दै आएका २० बर्षीय जितेस लिम्बूलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो।
उनको साथबाट प्रतिबन्धित औषधि ट्रमाडोल र डिकोलिक गरी जम्मा २ सय २० चक्की फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, मोरङको बिराटनगर महानगरपालिका– १२ रोडशेषबाट सुन्दरहरैचा–७ का ३० बर्षीय अभिसेक चौधरीलाई ३ ग्राम गाँजा, लगायत विभिन्न लागूऔषधसहित वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।