ओमसाई हस्पिटलका नर्सिङ कर्मचारीहरूलाई एनसीसीडीएफको आधारभूत तालिम

0
7

भद्रपुर ।

भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलले बिरामीको स्वास्थ्य सुरक्षा र भरपर्दो सेवालाई थप प्रभावकारी बनाउन नर्सिङ कर्मचारीहरूलाई नर्स सेवा सम्बन्धी आधारभूत तालिम दिइएको छ ।

नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन (एनसीसीडीएफ) को सहकार्यमा हस्पिटलमा कार्यरत ४० जना नर्सिङ कर्मचारीहरूलाई दुई दिने आधारभूत तालिम दिइएको हो ।

नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसनका कविता सिटौलाका अनुसार नेपालमा यस्तो प्रकार तालिम फाउन्डेसनले सन् २०१६ देखि सञ्चालन गर्दै आइरहेको बताइन् । यो तालिम चाइनिज युनिभर्सिटी हङकङले सुरुवात गरेपछि अहिले नेपालसहित विश्वका ६५ वटा देशमा सञ्चालन भइरहेको छ । झापा जिल्लामा बीएण्डसी हस्पिटलपछि ओमसाईमा दोस्रो पटक यो तालिम सञ्चालन गरिएको उनले बताइन् ।

आइसियु र क्रिटिकल केयरमा कार्यरत स्टाफ नर्सहरूले जटिल रोगका लागेका बिरामीहरूको ज्यान कसरी बचाउन सकिन्छ भनेर उनीहरूको क्षमता अभिवृद्धिका लागि यो तालिम अति नै आवश्यक छ । बिरामीहरूको स्वास्थ्य सुरक्षा र भरपर्दो सेवाका लागि यो तालिम ओमसाईमा सञ्चालन गरिएको उनले बताइन् ।

तालिममा सहभागी नर्सिङ कर्मचारीहरूलाई फाउन्डेसनका कविता सिटौला, सुगम फुयल, मुन्नी सुब्बा, पूजा दाहाल, आशा पोखरेल, पर्वता भट्टराई, गङ्गा अधिकारीले सहजिकरण गरेका थिए । समापन कार्यक्रममा अध्यक्षता गर्दै हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेलले नर्सिङ कर्मचारीहरूका कारण हस्पिटलको सेवा प्रभावकारी बनेको बताए ।

कर्मचारीहरूको साथ, सहयोग र सद्भावका कारण यस हस्पिटलमा उपचारका लागि आउने बिरामीहरू स्वास्थ्य उपचार पश्चात् सकुशल फर्किरहेको उनको भनाई छ । कार्यक्रममा हस्पिटलका मुख्य नर्सिङ अधिकृत निशा पाठक, नर्सिङ अधिकृत ज्योति भट्टराई, सहकार्य अधिकृत इन्दिरा खतिवडा लगायतको सहभागिता रहेको हस्पिटलका प्रमुख व्यवस्थापक दीप पौडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here