छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिक पक्राउ

0
10

काठमाडौँ,

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) ले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सेनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होसवन्द्र बोगटीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँबाट छ किलो सुनसहित सेनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”

पक्राउ परेका गुरुङको घरबाट प्रहरीले रु ४८ लाख नगद पनि बरामद गरेको सिआइबी ले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here