हसिना सिमसारमा तीन हजार फलफूलका बिरुवा रोपिदै

0
27

योगेन्द्र योगी
मोरङ,

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -५ स्थित नमुना सामुदायिक क्षेत्र भित्र रहेको पर्यटकीय क्षेत्र हसिना सिमसारमा तीन हजार फलफूलका बिरुवा रोपिने भएको छ।

शनिबारदेखि सुरु भएको बिरुवा रोप्ने कार्यक्रमको पहिलो दिन पाँच सय फलफूलका बिरुवा रोपिएको छ। नमुना सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा तीन फलफूलका बिरुवा रोप्न लागिएको हो।
सिमसार भित्र रहेका विभिन्न बन्यजन्तुलाई लक्षित गरी फलफूलका मात्रै अम्बा,आप,कटहर,बढ़हर,श्याम कटहर लगायतका बिरुवा रोप्न लागिएको नमुना सामुदायिक वन उपभोक्ता समितका अध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिए।
‘साउन र भदौ महिनासम्म हाम्रो तीन हजार फलफूलका बिरुवा रिपने लक्ष्य हो,अध्यक्ष न्यौपाने भने,’ यो गाउँ खेती किसान गरेर ल्याएर घरमा राखेको अन्न जंगली जनावरले नखाउन भनेर जनावरको आहाराको लागि फलफूलको बोटो बिरुवा रोप्न लागेका हौ।’ फलफूलका बिरुवा सामुदायिक वनले खरिद गरेर ल्याएको र बिरुवा रोप्न सबैले श्रमदान पर्नुपर्ने उनले बताए।
चराचुरुंगीहरुको लागि पनि जामुन लगायका बिरुवा रोप्न लागिएको बताउदै उनले इच्छा हुने जोकोहिले पनि बिरुवा किन्न नपर्ने र आएर दुई वटा बिरुवा रोपेर पुन्यको काम गर्न पनि सबैमा अनुरोध गरेका छन्। हसिनामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन,पर्यटन प्रवर्धन र विकास गर्नको लागि फल दिने बोटबिरुवा लगाउने कार्य प्रशंसायोग्य रहेको सुन्दरहरैचाका निवर्तमान नगर प्रमुख शिवप्रसाद ढकालले बताए।
बेला-बेलामा यस क्षेत्रका स्थानीयहरुलाई हात्ती लगायत जंगली जनावरहरुले दुख दिने गरेको भन्दै फलफूलका बिरुवा रोप्दा उनीहरुलाई  आहारा हुने,बस्ती भित्र छिरेर आक्रमण नगर्ने भएकाले त्यस्ता घटना न्यूनीकरण गर्न सहयोग पुग्ने ढकालले बताए।
फलफूल जंगली जनावरको आहारा मात्र नभएर त्यो बेचेर त्यहाँबाट पनि वन तथा हसिनाले आम्दानी गर्न सक्ने बताए। उपभोक्ता समितका सदस्य उदय फुयालले अहिले जति पनि साथीहरुले जनश्रमदानबाट बिरुवा रोप्नु भएको छ यसलाई पानी हाल्ने, बारबेरा गर्ने, गोडमेल गर्ने देखि फल नलाग्दासम्म सबै काम वन र हसिना सिमसारले गर्ने बताए।
हसिना सिमसार क्षेत्रको पछिल्लो समय विकासले गति लिएको छ भने सिमसार क्षेत्रलाई कोशी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको सिमसार संरक्षण समितिको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here