सुन्दरहरैचामा दुर्व्यसनी,साईबर अपराध तथा सुरक्षा सम्बन्धी सचेतना

0
10

योगेन्द्र योगी,
मोरङ ।

मोरङको सुन्दरहरैचा नगरपालिकामा लागूऔषध दुर्व्यसनी तथा साइबर अपराध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ ।

मोरङको सुन्दरहरैंचा वडा–१ मा रहेको हरैंचा मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीलाई सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत साईबर अपराध तथा सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा इलाका प्रहरी कार्यलय हरैचाका प्रहरी निरीक्षक अशोक कार्कीले यस्ता विकृतिलाई नियन्त्रण गर्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने बताउउदै बिद्यार्थीहरुको पनि महत्वपूर्ण भूमिका रहने बताए। बढ्दो प्रविधिको चरम दुरुपयोग, त्यसमा पनि मुख्य गरी मोबाइलको प्रयोगका कारण यति बेला साइबर क्राईममा वृद्धि भइरहेको निरीक्षक कार्कीले बताए।

“वर्तमान समयमा प्रविधिको विकाससँगै यसको उपयोग भन्दा दुरुपयोग बढी हुँदा युवा पीढी मारमा परेकोले यसलाई नियन्त्रण गर्न सर्वप्रथम अभिभावक जिम्मेवार बन्न सक्नु पर्छ । त्यससँगै यसको रोकथाम र नियन्त्रण गर्न विद्यालय स्तरबाट विद्यार्थीहरूले अझ अभियन्ताका रूपमा सक्रियता देखाउनु पर्छ ।” कार्कीले भने।

बर्तमान जल्दोबल्दो परिस्थितिमा अपराधीक घट्ना न्यूनीकरण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बिद्यार्थीहरुले बताए। कार्यक्रममा ५० भन्दा बढी बिद्यार्थीहरुको उपस्थिति रहेको थियो। पछिल्लो समय मोरङ लगायत कोशी प्रदेशमा युवा पुस्तामा लागूऔषध कारोबारी बढेसँगै प्रहरीले पनि बिद्यालयमै पुगेर सचेतनामुलक कार्यक्रम गर्दै आईरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here