बुद्धशान्ति गाउँपालिकामा छोरीलाई गर्भवती बनाएपछि…

0
53

झापा,बुद्धशान्ति गाउँपालिकामा निवासी एक व्यक्तिले छोरीलाई करणी गरी गर्भवती बनाएको भन्दै प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति लिम्बू थरका हुन् । उनले १४ वर्षीया झड्केली छोरीलाई करणी गरी गर्भवती बनाएको बताइएको छ ।
गत पुसमा झड्केली छोरीलाई उनले करणी गरेको र नौ महिनाको गर्भ रहेको बताइएको छ ।
आफैले पालनपोषण गरेर हुर्काएकी छोरीलाई ४१ वर्षीय ती पुरुषले करणी गरेर गर्भवती बनाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका ति व्यक्तिलाई इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको छ ।
बलात्कृत नाबालिकाको स्वास्थ्य परीक्षण गर्न पठाइएको र उनलाई सेफ हाउसमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here